संगालोखबर

झापा । झापा जिल्लाको झापा गाउँपालिकामा एकजना युवकले श्रीमतीको हत्या गरेका छन् । झापा गाउँपालिका–३ का ३४ वर्षीय सतिसकुमार गणेशले २५ वर्षीया श्रीमती अनिशाकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

Advertisement

आज दिउँसो उनीहरुका दुईजना छोरी विद्यालयबाट घर फर्किएपछि कोठामा आमा रक्ताम्य अवस्थामा खाटमा लडिरहेको देखेर छिमेकीलाई बोलाएका थिए । छिमेकीले सूचना दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

अनिशा सतिसलाई छाडेर दुई छोरीसहित अलग्गै बस्दै आएकी थिइन् । दुवैबीच सम्बन्ध बिग्रिएपछि सम्बन्धविच्छेद गर्ने विषयमा गाउँ छिमेकमा त्यसबारे छलफल समेत भएको स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएका छन् ।

घटनापछि सतिस फरार भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले छिमेकी र आफन्तसँग सोधपुछ गर्दै अनुसन्धान अघि बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!