संगालोखबर


झापा । भारतबाट नेपालतर्फ लागुऔषध भित्र्याउन सक्रिय दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका–१ सालमारा भन्ने ठाउँमा बिहिवार बेलुका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साइकलमा आइरहेका भारतको किसनगन्जका ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

शंकास्पद अवस्थामा आइरहेको पाइएपछि प्रहरीले उनीहरुको जाँच गरेको थियो । त्यस क्रममा उनीहरुको साथमा २० ग्राम ५५० मिलिग्राम खैरो हेरोइन भेटिएको थियो । उनीहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!