संगालोखबर


झापा । झापाका छुट्टाछुट्टै स्थानबाट भन्सार छलेर आयात गरिएका लाखौं रुपैयाँ बराबरका विभिन्न सामग्री प्रहरीले बरामद गरेको छ । बरामद गरिएका सामग्रीहरुमा कपडा, शृंगारका सामग्री लगायत छन् ।

जिल्ला प्रहरी कार्यालयअन्तर्गत इलाका प्रहरी र मातहत कार्यालयबाट खटिएका टोलीहरुले ती सामग्री बरामद गरेका हुन् । भारतबाट भित्र्याइएको रेडिमेड कपडा कुर्था सुरुवाल, विभिन्न प्रकारका किराना सामानहरु, जुत्ता, माछा र शृंगारमा प्रयोग हुने सामान बरामद गरिएको हो ।

Advertisement

सामान चोरी निकासी र पैठारी निगरानी गर्न सीमावर्ती क्षेत्रमा परिचालित प्रहरी टोलीले करिब ५ लाख ५९ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको प्रहरीले जनाएको छ । ती सामग्री मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!