प्रतिनिधिसभाका उम्मेदवारले तीन वटा सम्पर्क कार्यालय खोल्न पाउने
काठमाडौं । प्रतिनिधिसभाका उम्मेदवारले तीन वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् । निर्वाचन आयोगले मंगलबार प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकेको हो ।
आयोगले दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ । प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढी...






























