संगालोखबर सम्वाददाता

काठमाडौँ । नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य गुरु बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार बसेको एमाले सचिवालय बैठकले नेता बराललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Advertisement

यसअघि एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा अन्य ६ वटा प्रदेश इन्चार्जको जिम्मेवारी ६ जना पार्टी केन्द्रीय सचिवलाई दिएको थियो । तर, बागमतीको इन्चार्ज तोकिएको थिएन । यसअघि सो जिम्मेवारीमा पार्टी उपमहासचिव विष्णु रिमाल थिए ।

बैठकले बराललाई इन्चार्जको जिम्मेवारी दिनेसहित केही नेताहरूको जिम्मेवारी हेरफेर र केही विभागमा सदस्य थप गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

को हुन् गुरु बराल ?

इमान्दारिता, लगनशीलता र निष्ठाको राजनीति गर्ने बराल नेकपा एमालेको राजनीतिमा करिव ५० वर्षदेखि सक्रिय छन् । २०४४ सालमा नेकपा माले मोरङको सचिव बनेका बराल त्यसयता लगातार पार्टीका बिभिन्न कमिटीमा आवद्ध भएर काम गरिरहेका छन् ।

०४६ सालको जनआन्दोलनपछि नेता बराल एमाले मोरङको सचिव भए । त्यसपछि ०४९ देखि ०७८ सालसम्म लगातार पार्टीको केन्द्रिय कमिटीमा रहँदै आएका छन् ।

०५२ सालमा तत्कालीन मोरङ क्षेत्र नम्बर ६ बाट संसदीय निर्वाचनमा बिजयी भएका बराल पार्टीको १० औं महाधिवेशनबाट केन्द्रिय सदस्य हुँदै पार्टीको स्थायी कमिटी सदस्य बनेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!