काकीको हत्या आरोपमा भतिज पक्राउ
जनकपुरधाम । धनुषामा काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेह नगरपालिका–७ वेलापट्टिका २० वर्षीय दिलीपकुमार साह छन् ।
सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपको संलग्नता रहेको खुलेपछि मङ्गलबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले ...





























