धनकुटा । नेकपा एमालेले आज देशभर पालिका अधिवेशन गर्दैछ । देशभरका ७ सय ५३ वटै पालिकामा एकैसाथ अधिवेशन हुँने एमालेले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट देशभरका अधिवेशनहरु एकैसाथ उद्घाटन गर्ने कार्यक्रम छ । एमालेको विधान अनुसार पालिकामा अध्यक्ष, उपाध्यक्ष, सचिब र दुई सहसचिब गरी पाँच सदस्यीय पदाधिकारी निर्वाचित हुँनेछन् । पदाधिकारीसहित गाउँ तथा नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिकामा १ सय १ सदस्यीय कमिटी गठन हुँनेछ ।
१० औं महाधिवेशनको तयारीमा जुटेको एमालेले कात्तिक ६ गते देशभर वडा अधिवेशन गरिसकेको छ ।