- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज दुई जना मन्त्री नियुक्त गरेका छन् । मन्त्री परिषद् विस्तारका क्रममा मुख्यमन्त्री आचार्यले ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन् ।

Advertisement

नियुक्ति भएसँगै उनीहरुले सपथग्रहण गरेका छन् । साम्सोहाङ र तिवारी विगतमा माधव नेपाल समूहमा रहेका थिए । नेपालले नयाँ पार्टी दर्ता गरेपछि उनीहरु एमालेमै रहेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!