संगालोखबर सम्वाददाता

विराटनगर । निर्वाचन आयोगमा दर्ता रहेका ४१ वटा राजनीतिक दलको दर्ता खारेज भएको छ । तीन बर्षसम्म लेखा प्रतिवेदन नबुझाउँने दलहरुको दर्ता खारेज गरिएको आयोगले जनाएको छ ।

Advertisement

निर्वाचन आयोगको मंगलबार बसेको बैठकले लेखा प्रतिवेदन नबुझाउँने दलहरुको दर्ता खारेज गर्ने निर्णय गरेको हो । राजनीतिक दल सम्बन्धि ऐन, २०७३ बमोजिमको कसूर एक पटक भन्दा बढी गरेमा वा दिएको आदेश एक बर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्नसक्ने कानूनी व्यवस्था छ । सोही बमोजिम राजनीतिक दलहरुको दर्ता खारेज गरिएको आयोगका सह–सचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जनाएका छन् ।

दर्ता खारेज हुँनेहरुमा संघीय लिम्बुवान नेपाल, किरात खम्वुवान लोकतान्त्रिक पार्टी, चुरेभावर राष्ट्रिय एकता लगायत दल छन् । यसअघि १३६ वटा दल दर्ता रहेको आयोगमा दर्ता खारेज भएसँगै अब दलहरुको संख्या ९५ मा झरेको छ ।

दर्ता खारेज भएका दलहरुको सूची

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!