नेकपा माओवादी केन्द्र प्रदेश १ः पदाधिकारी टुंगो लगाउन नसकेपछि कार्यदल गठन
विराटनगर । विराटनगरमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । अध्यक्षको दौडमा रहेका पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई ‘हिमाल’, इन्द्रबहादुर आङ्बो ‘मौसम’ र हेमराज भण्डारी ‘सुदर्शन’ले समितिको पहिलो बैठकमा आफुहरु ‘ब्याक’ हटेको बताएका थिए ।
तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वमा पाँचथर...






























