- संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश समितिले जिल्ला सम्मेलन सम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ । भदौ २० गते प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सहइन्चार्ज र संयोजकहरु जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैठकले पाँचथरमा हर्कबहादुर नेम्वाङलाई सहइन्चार्ज र होमबहादुर जबेगुलाई संयोजकको जिम्मेवारी दिएको छ । माओवादी केन्द्रले ताप्लेजुङ्गको संयोजकको जिम्मेवारी बिजयप्रकाश बनेमले पाएका छन् । इलाममा हर्कबहादुर लावती र टीका घिमिरे सहसंयोजक बनेका छन् भने सोममाया राई जिल्ला संयोजक भएकी छन् ।

माओवादी केन्द्रले झलकसिं दर्लामीलाई झापा जिल्लाको सहइन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ भने झापा संयोजकको जिम्मेवारी मनिकुमार राईले पाएका छन् । मोरङमा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले सहइन्चार्जको जिम्मेवारी पाएका छन् भने गणेश उप्रेती जिल्ला संयोजक बनेका छन् । सुनसरीमा मुक्साहाङ मेन्याङबो र शिबकुमार डाँगी सहइन्चार्ज भएका छन् भने योगेन्द्रप्रसाद मण्डल संयोजक बनेका छन् ।

यसैगरी धनकुटा सहइन्चार्जमा धनमाया बिकलाई जिम्मेवारी दिइएको छ भने ऋषिराम ढुंगानाले संयोजकको जिम्मेवारी पाएका छन् । संखुवासभामा रिपुप्रसाद राई, इन्दिरा मिश्र र थानप्रसाद अधिकारी सहइन्चार्ज बनेका छन् भने संयोजकमा कृष्ण जीमी याक्खालाई जिम्मेवारी दिइएको नेकपा माओवादी प्रदेश समितिले जानकारी दिएको छ ।

भोजपुर जिल्ला सहसंयोजकको जिम्मेवारी दिलकुमार राईले र संयोजकको जिम्मेवारी नगेन्द्र भुजेलले पाएका छन् । यस्तै खोटाङ सहइन्चार्जमा धुर्ब बुढाथोकीलाई र संयोजकमा देवन चाम्लिङ्ग राईलाई दिने निर्णय माओवादी केन्द्रले गरेको छ । ओखलढुंगामा प्रदेशसभा सदस्यसमेत रहेका मोहनकुमार खड्का संयोजक बनेका छन् ।

माओवादी केन्द्रले उपयपुरमा तीन जना इन्चार्ज बनाएको छ । उदयपुरमा भीमबहादुर अधिकारी, मोहनबहादुर खत्री र राजन किराँती सहइन्चार्ज बनेका छन् भने विनोद कटुवालले जिल्ला संयोजकको जिम्मेवारी पाएका छन् ।

नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिको सहइन्चार्जमा हेमबहादुर कार्कीलाई जिम्मेवारी दिएको छ भने भोगेन्द्र यादवलाई संयोजक र नमिता न्यौपानेलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!