- संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमालेको शनिवार र आइतवार सम्पन्न वडा अधिवेशनबाट धनकुटाका ६० वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । धनकुटाका ५९ वडामा शनिवार र एउटा वडामा आइतवार वडा अधिवेशन गरिएको हो ।

एमालेले देशभर शनिवार वडा अधिवेशन तोकेको थियो । तर बाढी, पहिरोबाट प्रभावित क्षेत्रमा भने अधिवेशनको मिति हेरफेर भएको छ । पहिरोले घर पुर्दा चौविसे गाउँपालिका–१ छ नं.बुधबारेका सात जनाको मृत्यु भएको थियो, पाँच जना घाइते भएका छन् । सोही कारण त्यहाँको अधिवेशन आइतवार गरिएको छ । जिल्लाका वाँकी ५९ वडामा शनिवार नै अधिवेशन गरिएको हो ।

जिल्लाका ६० वटै वडाको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको एमाले धनकुटाका कार्यालय सचिव भीम राईले जानकारी दिए । धनकुटा नगरपालिका वडा नं.१ मा भने केही विवाद देखिएको थियो । तरपनि जिल्लाभरनै सर्वसम्मत नेतृत्व टुंग्याइएको एमाले नेताहरुले दावी गरेका छन् ।

वडा अधिशेनबाट धनकुटा नगरपालिका वडा नं.१ को अध्यक्षमा कमल थिङ्ग, २ मा चन्द्रलाल तामाङ्ग, ३ मा पुर्णलाल राई, ४ मा अगमशेर राई, ५ मा राजेन्द्र श्रेष्ठ, ६ मा तुलसी प्रसाद ढुंगाना, ७ मा सन्देश राई, ८ मा चौतिसलाल राई, ९ मा शुबर्ण कार्की र वडा नं.१० मा ज्ञानेन्द्र घिमिरे अध्यक्ष बनेका छन् । धनकुटा नगरपालिकाका १० वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको नगर अध्यक्ष अर्जुन छाराहाङ्गले जानकारी दिए ।

महालक्ष्मी नगरपालिकामा पनि नौ वटै वडामा सर्वसम्मत नेतृत्व टुंग्याइएको छ । एमाले महालक्ष्मी नगरपालिकाका नगर सचिव बिष्णु दाहालका अनुसार महालक्ष्मी वडा नं.१ मा राम राय, २ मा धन बहादुर पुवर, ३ मा बलराम थमपरा, ४ मा शुक्र बुडाथोकी, ५ मा मनदिप गिरी, ६ मा किष्ण भट्टराई, ७ मा शेर बहादुर अधिकारी, ८ मा गोबिन्द भण्डारी र वडा नं.९ मा टेक बहादुर थापा अध्यक्ष बनेका छन् ।

त्यस्तै, पाख्रीवास नगरपालिका वडा नं.१ मा जय पाण्डे, २ मा दिलबहादुर तामाङ, ३ मा अमित राई, ४ मा मदन राई, ५ मा डिल्ली कुमार भण्डारी, ६ मा पदम तामाङ, ७ मा बाबुराम भण्डारी, ८ मा हेमबहादुर गिरी, ९ मा अरुण तामाङ र वडा नं.१० मा राम प्रसाद तिम्सिनाको अध्यक्षतामा वडा कमिटि निर्माण गरिएको छ ।

छथर जोरपाटी गाउँपालिकाको वडा नं.१ मा मछिन्द्र लिम्बू, २ मा बीरबहादुर सारु, ३ मा डिल्लीस्वर लिम्बू, ४ मा पुर्ण बहादुर आङला, ५ मा मुकुन्द ओझा र वडा नं.६ मा जितबहादुर बिष्ट वडा कमिटीको अध्यक्ष बनेका छन् । सहिदभूमि गाउँपालिका वडा नं.१ मा बिष्णु प्रसाद राई, २ मा बलिन्द्रमान सिँह राई, ३ मा महाबिर राई, ४ मा लाल बहादुर राई, ५ मा बालचन्द्र राई, ६ मा केशब राई, ७ मा कमल बहादुर राई वडा अधिवेशनबाट अध्यक्ष भएका छन् ।

साँगुरिगढी गाउँपालिका वाड नं.१ मा गोबिन्द लिम्बू, २ मा मानप्रसाद लिम्बू, ३ मा बिजय लिङ्खा, ४ मा तिलप्रसाद आङ्ला लिम्बू, ५ मा नवराज थेगिम लिम्बू, ६ मा सुर्यबहादुर न्यौपाने, ७ मा मनकुमार राई, ८ मा हृदयनारायण प्रसाद राई, ९ मा धनबहादुर राई र वडा नं.१० मा रत्न बहादुर राई अध्यक्ष भएका छन् । त्यस्तैगरी, चौविसे गाउँपालिकामा पनि सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । चौविसे वडा नं १ मा दलबहादुर श्रेष्ठ, २ मा पूर्ण मगर, ३ मा मदन तुम्सा, ४ मा लोकेन्द्र थापामगर, ५ मा राजकुमार याखा, ६ मा काजीमान लिम्बू, ७ मा धनबहादुर चेम्जोङ्ग र वडा नंं.८ मा धनबहादुर लिम्बू खजुम एमाले वडा कमिटि अध्यक्ष बनेका छन् ।

वडा अधिवेशनपछि मंगलबार एमालेले देशभर नगरपालिका तथा गाउँपालिका अधिवेशन आयोजना गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!