- संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली कांग्रेस धनकुटा नगर सभापतिमा नरेश श्रेष्ठ चयन भएका छन् । एक साताको रस्साकस्सीपछि आज बिहान श्रेष्ठको सभापतित्वमा ५७ सदस्यीय नगर समिति सर्वसम्मत टुंग्याइएको हो ।

Advertisement

समितिको उप–सभापतिमा अभिषेक कर्माचार्य र अमित लो तामाङ, सचिवमा राम तामाङ र लोकेन्द्र खड्का, सह–सचिबमा ज्ञानेन्द्र बस्नेत र सारदा सन्तोषी राई चयन भएका छन् । कोषाध्यक्ष भने पछि मनोनित गरिनेछ । गत ९ गते नगर अधिवेशन आयोजना गरिएको थियो । तर, आकांक्षीहरुबीच सहमति हुँन नसक्दा त्यो दिन नेतृत्व चयन प्रकृया त्यसै स्थगित भयो ।

धनकुटा नगरका सबै वडाका सभापतिहरुले मतदानबाट नभई सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने भन्दै समय मागेका थिए । सोही अनरुप लामो समयको रक्साकस्सीपछि आज सर्वसम्मत नेतृत्व चयन भएको हो ।

सभापतिका लागि श्रेष्ठसँगै अभिषेक कर्माचार्यले दावी गरेका थिए । अन्ततः धनकुटा नगरपालिका वडा नं.६ का वडाध्यक्षसमेत रहेका श्रेष्ठलाई सभापति बनाउँने सहमति जुटेको निर्वाचन समितिका सदस्य खगेन्द्र घिमिरेले जानकारी दिए । ‘धनकुटा नगरपालिकाका सबै वडाका सभापतिहरुले निर्णय नै गरेर सर्वसम्मत नेतृत्व चयनका लागि समय मागेका थिए,’ घिमिरेले संगालोखबरसँग भने, ‘अन्ततः आज सहमतिपछि निर्वाचन प्रकृया टुंग्याइयो ।’

धनकुटा नगरबाहेक अन्य पालिकामा भने यसअघि नै नेतृत्व चयन टुंगिएको छ । सहमति जुट्न नसक्दा चौविसे गाउँपालिकामा मतदान प्रकृयाबाट पदाधिकारीहरुको टुंगो लगाइएको थियो भने महालक्ष्मी नगरपालिकामा पनि सभापति पदका लागि मतदान गरिएको थियो । चौविसेका सदस्यहरु र महालक्ष्मीका सभापति बाहेक अन्य पदमा भने सहमति भएको थियो । वाँकी पालिकाहरुमा भने सहमतिकै आधारमा नेतृत्व चयन गरिएको कांग्रेसले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!