- संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेता ऋषिराम ढुंगानालाई पार्टीको धनकुटा संयोजकको जिम्मेवारी दिएको छ । पार्टीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा सम्पन्न १ नंम्बर प्रदेश समितिको भर्चुवल बैठकले नेता ढुंगानालाई धनकुटा संयोजक तोकेको हो ।

Advertisement

स्थानीय र प्रदेश सम्मेलनसम्मका लागि नेताहरुलाई जिल्लाको संयोजक र सह–इन्चार्जको जिम्मेवारी बाँडफाँड गरिएको माओवादी केन्द्रका १ नंम्बर प्रदेश अध्यक्ष सुरेश कुमार राईले जनाएका छन् ।

बैठकले धनकुटाको सह–इन्चार्जमा धनमाया बिकलाई जिम्मेवारी दिएको छ । नेता हेमराज भण्डारीलाई यसअघि नै धनकुटा इन्चार्ज तोकिएको थियो । यो बैठकले प्रदेश १ का १४ वटै जिल्लाका सह–इन्चार्ज र जिल्ला संयोजक तोकेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!