संगालोखबर सम्वाददाता

धनकुटा । रक्षा मन्त्री एवं कांग्रेस नेता मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिष्पर्धा हटाउँनुपर्ने बताएका छन् । धनकुटामा आज नेपाली काँग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई संक्षिप्त रुपमा संवोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।

Advertisement

उनले पार्टीको आसन्न महाधिवेशनमा सकभर सहमति गर्नुपर्नेमा जोड दिदैं सहमति हुँन नसकेपनि स्वस्थ प्रतिष्पर्धा गर्नुपर्ने बताए । कांग्रेसले मुलुकको नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि पार्टीभित्रको अस्वस्थ प्रतिष्पर्धा अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

उनले पार्टीभित्र नयाँ पालुवा नपलाउँदा देशभर नेता कार्यकर्तामा चिन्ता बढेको भन्दै अबको चुनावबाट रुखमा नयाँ पालुवा पलाउँनुपर्ने तर्क गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!