संगालोखबर सम्बाददाता

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा तीन दिनसम्म महाधिवेशन चल्नेछ । आज मध्यान्ह १२ बजे पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

Advertisement

महाधिवेशनमा करिब ६ हजार प्रतिनिधिहरु सहभागी हुनेछन् । पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुदैछन् । महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने एमालेले जनाएको छ ।

एमालेका शीर्ष नेताहरुले उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । उद्घाटन सत्र सकिएपछि भोलि हुँने बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिवेदनहरुमाथि समूहगत छलफल हुँनेछ । छलफलपछि समूह नेताबाट निष्कर्ष सुनाउने क्रम सुरु हुन्छ । त्यसपछि सुझावलाई समेटेर प्रतिवेदनलाई पारित गरिने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!