- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली काँग्रेसले मोरङसहित ८ जिल्लाको पार्टी क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । २० जिल्लामा काँग्रेसको क्रियाशील सदस्यता विवाद थियो । त्यसमध्ये ८ जिल्लाको विवाद निरुपण गरिएको हो ।

Advertisement

मोरङ, काभ्रे, सिन्धुपाल्चोक, महोत्तरी, बाजुरा, कैलाली, बर्दिया र पर्साको क्रियाशील सदस्यता विवाद निरुपण भएको कांग्रेसले जनाएको छ । क्रियाशील छानविन समितिका सदस्यहरुले सहमति जुटाउँदै विवाद मिलाएका हुन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा विवाद निरुपण गरिएको हो । उनीहरुले बनाएको मापदण्ड अनुसार क्रियाशील छानविन समितिले निर्णय लिएको बताइएको छ । छानविन समितिले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई सदस्यता नामावली बुझाएको छ ।

यता, निर्वाचन समितिले सदस्यता नामावली बुझेको छैन । विवाद रहेका सबै जिल्लाको सदस्यता नामावली चाडो टुंग्याउँन निर्वाचन समितिले ताकेता गरिहेको छ । उसले किस्ता किस्तामा नामावली नबुझ्ने अडान लिएको छ ।

बाँके, सुर्खेत र काठमाडौंको विवाद पनि निरुपण हुँने चरणमा पुगेको बताइएको छ । समितिको मापदण्डअनुसार सुर्खेतमा अखण्ड समानान्तरले १९९ क्रियाशील सदस्यता पाएको छ । सो मापदण्ड अनुसार ३ वटा वडामा आफु कमजोर देखिएर आफ्नो मान्छे पराजित हुँने देखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मानेको छैन ।

बाँके र सुर्खेतमा सदस्यता लेनदेन गरी मिलाउन पौडेल पक्षले प्रस्ताव अघि सारेको छ । तर, देउवा पक्ष यो मान्न तयार छैन । देउवा पक्षले सबै जिल्लामा एउटै मापदण्ड लागू गर्नुपर्नेमा अडान राखेको छ । वाँकी ९ जिल्लामा पनि यस्तै विवाद रहेको कांग्रेस स्रोतले जनाएको छ । सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, रसुवा, कपिलवस्तु र डोल्पामा पनि क्रियाशील सदस्यता विवाद छ ।

पार्टीले भदौ १८ मा वडा अधिवेशन तोकेको भएपनि हुँन नसकेपछि अधिवेशन कार्यतालिका नै फेरेर २० जिल्लामा असोज ५ गते वडा अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!