विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका उद्धव थापा विजयी भएका छन् । गएराती सम्पन्न मतगणना अनुसार ८४४ मतसहित थापा सभापतिमा निर्वाचित भएका हुन् ।
उनले प्रतिद्धन्द्धी गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गरेका छन् । संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन् । सिटौला पक्षका नेता थापालाई सभापति शेरबहादुर देउवा पक्षले पनि समर्थन गरेको थियो ।
सभापतिसहित अधिकांश पदमा देउवा–सिटौला पक्षले नै जित हासिल गरेको छ । उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् । महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा निर्वाचित भए । सह–महामन्त्रीमा प्रमिला गच्छदार, खड्ग फागो र बिनोदकुमार बस्नेत बिजयी भए ।
यसैबीच झिनोमतान्तरले पराजित भएपछि सभापतिका उम्मेद्वार घिमिरे पक्षले पुनः मतगणना गर्नुपर्ने माग गरेको छ । उनीहरुले मतगणना स्थलमा नाराबाजी पनि गरेका छन् ।
कसले कति मत पाए ?
सभापति :
१.उद्दव थापा – ८४४
२.गुरुराज घिमिरे -८४२
उपसभापति :
१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -७६५
२.टंक प्रसाद राई -८४७
३.रमेशजंग रायमाझी -८९१
४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -६६९
महामन्त्री :
१.उमेश थापा -८२३
२.दिपनकुमार श्रेष्ठ -७६४
३.पदम सुन्दर पालुङ्गवा- ८०७
४.भुपेन्द्र राई -८२४
सह-महामन्त्री :
१.प्रमिला गछदार -८३७
२.सीता कार्की-७३३
सह-महामन्त्री :
१.खड्ग फागो -१०२६
२.रोहित कुमार शाह -६६५
३.बिनोद कुमार बस्नेत -७४७
४.विरकाजी राई -६४७
५.शुभचन्द्र राई -८४