संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार सदनबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि राईले आइतवार प्रदेश सभा सचिवालयमा विश्वासको मत सम्बन्धि प्रस्ताव दर्ता गराएका हुन् ।

Advertisement

मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेको प्रस्ताव सदनमा छलफल हुँनुभन्दा दुई दिन अघि संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रदेशसभा नियमावलीमा उल्लेख छ । सोही बमोजिम मुख्यमन्त्री राईको तर्फबाट उनका स्वकीय सचिव सन्दीप राईले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि पाँच दलीय गठबन्धनको तर्फबाट कात्तिक १६ गते नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री बनेका हुन् ।

पाँच दलीय गठबन्धनको सरकारमा समाजवादीसहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् । ९३ सांसद रहेको प्रदेश सभामा गठबन्धनसँग ५० सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ सांसद् छन् ।

यता, विपक्षी दल एमालेसँग ४१ सांसद छन् । अंकगणितय रुपमा गठबन्धन बलियो रहेकाले मुख्यमन्त्री राईले सजिलै विश्वासको मत पाउँने संभावना छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!