संगालोखबर सम्वाददाता

चितवन । चितवनमा आजदेखि नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । चितवनको नारायणी नदी किनारमा निर्माण गरिएको कार्यक्रमस्थलमा उद्घाटन गरिने महाधिवेशन आइतवारसम्म चल्नेछ । महाविधेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा हुँनेछ ।

Advertisement

शनिवार उम्मेदवारी दर्ता गर्ने, फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ । आकांक्षीहरुबीच सहमति नहुँदा आइतवार मतदान हुनेछ । महाधिवेशनमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् । उद्घाटन कार्यक्रममा ५ हजार स्वयंसेवक खटाइएको छ ।

महाधिवेशनमा ५ लाख मानिस भेला हुँने एमालेले दावी गरेको छ । महाधिवेशनको उद्घाटनस्थलमा सबै सहभागी आइपुग्न नसक्ने भएकाले नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका बिभिन्न स्थानमा डिजिटल स्क्रिन राखेर कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!