धनकुटा । नेकपा एमालेले नेता राजेन्द्र राईलाई पार्टीको धनकुटा इन्चार्ज तोकेको छ । एमाले केन्द्रिय समितिको बैठकले पार्टीका नव निर्वाचित केन्द्रिय सदस्य राईलाई धनकुटा इन्चार्जको जिम्मेवारी दिएको हो । नेता राई एमाले धनकुटाका निवर्तमान जिल्ला अध्यक्ष पनि हुन् ।
गत स्थानीय तह निर्वाचनमा धनकुटामा एमालेलाई ‘क्लिन स्वीप’ गराउँन सफल राई केही दिन अघि चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
त्यस्तै, केन्द्रिय सदस्य सकुन्तला बस्नेत र बिना राईलाई एमालेले धनकुटा सह–इन्चार्जको जिम्मेवारी दिएको छ । यता, धनकुटाका एमाले नेता एवं संविधानसभा सदस्य टीकाराम चेम्जोङलाई एमालेले प्रदेश १ कमिटीको उपाध्यक्ष बनाएको छ ।