- संगालोखबर सम्बाददाता

विराटनगर । नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । जिल्ला कार्य समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा नेता शेखर कोइराला पक्षका लिम्बू सभापतिमा बिजयी भएका हुन् । उनी यसअघि पनि जिल्ला सभापति थिए ।

Advertisement

मंगलबार राती सम्पन्न मतगणना अनुसार लिम्बूले १९०६ मत पाएका छन् । उनका प्रतिद्धन्द्धी दिलिप गच्छदारले १४२५ मत ल्याएका छन् । गच्छदार सभापति शेरबहादुर देउवा पक्षका हुन् । मंगलबार भएको मतदानमा ३३५६ मत खसेको थियो । जसमध्ये २५ मत बदर भएको छ ।

यसअघि आइतबार भएको निर्वाचनको पहिलो चरणमा कोइराला पक्षका लिम्बु, संस्थापन पक्षका गच्छदार र कृष्ण प्रसाद सिटौला पक्षबाट यदु विष्ट सभापतिको उम्मेद्वार थिए । तर, कुनैपनि उम्मेद्वारले ५१ प्रतिशत मत ल्याएनन् । कांग्रेसको विधानमा सभापतिका लागि कम्तिमा ५१ प्रतिशत मत ल्याउँनुपर्ने प्रावधान भएकाले मंगलबार पुनः मतदान गरिएको थियो ।

संस्थापन पक्षका उम्मेद्वारलाई सिटौला पक्षले सघाउने घोषणा गरेपछि दोस्रो चरणमा लिम्बू र गच्छदार मात्र चुनावी प्रतिष्प्रधामा थिए । सिटौला पक्षका बिष्ट पछि हटेर गच्छदारलाई सघाए । तरपनि, कोइराला पक्षका लिम्बूले नै बिजयी भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!