विराटनगर । एमाले केन्द्रीय सदस्य शेरधन राईले एमाले सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले सचिवका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् ।
पार्टीमा सहमति भएपनि सचिवमै रहने र निर्वाचन भएपनि सचिवमा उम्मदवारी दिने उनको भनाई छ । नयाँ नेतृत्व चयनका लागि एमालेको १० औं महाधिवेशन भोलिदेखि चितवनमा शुरु हुँदैछ ।