- संगालोखबर सम्बाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । तीन राप्रपाबीचको एकतापछि हुँन लागेको यो महाधिवेशनलाई एकताको महाधिवेशन नाम दिइएको छ ।

Advertisement

महाधिवेशनमा करिब ४ हजार ४ सय प्रतिनिधि सहभागी हुँनेछन् । तीन दिनसम्म चल्ने महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रिय कमिटी निर्माण गर्नेछ । महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनबीच प्रतिष्प्रधा हुँदैछ । लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि साथ दिने घोषणा गरेका छन् ।

अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठक लगायतको साथ छ । अर्का अध्यक्ष पशुपति शमशेर राणा भने सहमतिकै माध्यमबाट नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् । उनले आफु तटस्थ बस्ने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!