संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिदैछन् । दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकबाट राईले विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

Advertisement

राईले विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा आइतवार प्रस्ताव दर्ता गराएका छन् । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका नेता राई गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।

राई नेतृत्वको सरकारलाई एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समर्थन गरेका छन् । ९३ सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको आवश्यकता पर्छ ।

पाँच दलिय गठबन्धनसँग ५० सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ सांसद छन् ।

यता, बिपक्षी दल नेकपा एमालेसँग ४१ सांसद र राप्रपासँग १ सांसद छन् । अंकगणितिय रुपमा गठबन्धन बलियो रहेकाले मुख्यमन्त्री राईले सजिलै विश्वासको मत पाउँने आकलन गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!