- संगालोखबर सम्बाददाता

धनकुटा । नेपाली कांग्रेस जिल्ला कार्य समिति धनकुटाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान पश्चात मंगलबार रातीबाट मतगणना थालिएको छ । जिल्ला पार्टी कार्यालयमा राती करिब ९ बजेबाट मतगणना सुरु भएको हो ।

राती करिब १० बजेसम्म १०० मत गणना भएको छ । जसमा जिल्ला सभापतिका उम्मेद्वार कमोट कुमार फागो र दिनेश राईबीच कडा प्रतिष्प्रधा देखिएको छ । उनीहरुले समान ४८/४८ मत पाएका छन् ।

सामुदायिक भवनमा बिहान ७ः३० बजेदेखि अपरान्ह करिब ४ बजेसम्म मतदान भएको थियो । सो क्रममा १ हजार १३ जनाले मतदान गरेका छन् । सामुदायिक भवनमा मतदान पश्चात जिल्ला पार्टी कार्यालयमा मतपेटिका ल्याएर मतगणना थालिएको हो । रातभर मतगणना गरेर बिहानसम्ममा मत परिणाम सार्वजनिक गरिने कांग्रेस जिल्ला सचिव बिजय सन्तोषी राईले संगालोखबरलाई जानकारी दिए ।

जिल्ला सभापतिका उम्मेद्वार राई र कमोटकुमार फागो बेग्ला बेग्लै प्यानल बनाएर चुनाव भिडेका हुन् । राई सभापति शेरबहादुर देउवा खेमाका हुन् भने फागो बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन् ।

राईको प्यानलबाट उप–सभापतिमा रमेश इवाहाङ्ग र सुनिल कुमार डंगोल, सचिवमा जयन्द्र घिसिङ्ग र बिजयसन्तोषी राई तथा सह–सचिवमा गिरिजाप्रसाद दाहाल र रोशन श्रेष्ठ उम्मेदवार छन् ।

त्यस्तै, फागोको प्यानलबाट उप–सभापतिमा निर्मल प्रसाद ओझा र रुपमान तामाङ्ग, सचिवमा तीर्थ राई र राजेन्द्र प्रसाद पौडेल तथा सह–सचिवमा अम्बिका राई र झणेन्द्रप्रसाद खतिवडा उम्मेद्वार बनेका छन् ।

धनकुटा कांग्रेसको सभापतिमा देउवा खेमाका दिनेश राई बिजयी, यस्तो छ पदाधिकारीको मत परिणाम

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!