काठमाडौं । राप्रपाको अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन बिजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार एक हजार आठ सय ४४ मतसहित लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्धन्द्धी थापाले एक हजार छ सय १७ मत पाएका छन् । चार सय १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । मतगणनामा लिङ्देनले सुरुवातदेखिनै आग्रता कायम गरेका थिए ।