संगालोखबर सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् ।

Advertisement

सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबैभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत नपुगेपछि दोस्रो चरणको मतदान भएको हो । सभापतिमा निर्वाचित हुन बहुमत चाहिन्छ ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत पाएका छन् । ३५ मत बदर भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!