- संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा (माओवादी केन्द्र) को धनकुटा नगर कमिटी अध्यक्षमा हेमचन्द्र किराँती चयन भएका छन् । धनकुटाको सामुदायिक भवनमा शुक्रबार सम्पन्न प्रथम सम्मेलनबाट किराँती सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।

सम्मेलनले किराँतीको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको नेकपा माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाले जानकारी दिए ।

सम्मेलनबाट नगर कमिटीको उपाध्यक्षमा सर्मिला राई, विष्णुमायाँ कन्दङ्वा, नारायण विक र सुरेन्द्र आठपहरिया चयन भएका छन् ।

त्यस्तै, सचिवमा खगेन्द्र कुमार बिष्ट, सह–सचिवमा सुमन आठपहरिया राई र कोषाध्यक्षमा सन्तोष मगर चयन भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!