- संगालोखबर सम्बाददाता

धनकुटा । नेपाली कांग्रेस जिल्ला कार्य समिति धनकुटाको नयाँ नेतृत्वका लागि अहिले मतदान भइरहेको छ । धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा बिहान ७ः३० बजेदेखि सुरु भएको मतदान अपरान्ह करिब ४ बजेसम्म चल्ने कांग्रेसले जनाएको छ ।

Advertisement

जिल्ला सभापतिका उम्मेद्वार दिनेश राई र कमोटकुमार फागो बेग्ला बेग्लै प्यानल बनाएर चुनावी प्रतिष्प्रधामा छन् । राई सभापति शेरबहादुर देउवा खेमाका हुन् भने फागो बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन् ।

राईको प्यानलबाट उप–सभापतिमा रमेश इवाहाङ्ग र सुनिल कुमार डंगोल, सचिवमा जयन्द्र घिसिङ्ग र बिजयसन्तोषी राई तथा सह–सचिवमा गिरिजाप्रसाद दाहाल र रोशन श्रेष्ठ उम्मेदवार छन् ।

त्यस्तै, फागोको प्यानलबाट उप–सभापतिमा निर्मल प्रसाद ओझा र रुपमान तामाङ्ग, सचिवमा तीर्थ राई र राजेन्द्र प्रसाद पौडेल तथा सह–सचिवमा अम्बिका राई र झणेन्द्रप्रसाद खतिवडा उम्मेद्वार बनेका छन् । दुवै पक्षले आ–आफ्नो प्यानलको लिष्टसहित भोट मागिरहेका छन् ।

यसैबीच, जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि गरी १३ जना भने निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

यसअघि कांग्रेस धनकुटा प्रदेशसभा (क) र प्रदेश सभा (ख) मा पनि दुवै पक्षले बेग्ला बेग्लै प्यानल बनाएर चुनाव भिडेका थिए । प्रदेशसभा (क) को सभापतिमा बिजयी जितेन्द्र राई र प्रदेश सभा (ख) को सभापतिमा बिजयी राजन पौडेल दुवै देउवा खेमाका हुन् । उनीहरुलाई जिल्ला सभापतिका उम्मेद्वार दिनेश राईको टिमले साथ दिएको थियो ।

 

धनकुटा कांग्रेसको सभापतिमा देउवा खेमाका दिनेश राई बिजयी, यस्तो छ पदाधिकारीको मत परिणाम

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!