संगालोखबर सम्बाददाता

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले धनकुटामा एमालेले भ्रम फैलाएको बताएका छन् । शनिवार माओवादी केन्द्र पाख्रीबास नगर कमिटीको प्रथम नगर सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै नेताहरुले धनकुटामा माओवादी रित्तियो भनेर एमाले नेताहरुले हावादारी कुरा गरेर जनतामा भ्रम फैलाउँने काम गरिरहेको बताएका हुन् ।

Advertisement

कार्यक्रममा माओेवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भण्डारीले एमालेले जनतामा भ्रम फैलाउँने काम गरिरहेको भन्दै भ्रममा नपर्न सवैमा आग्रह गरे । धनकुटामा माओवादी सकिएको भनेर एमालेले भ्रम फैलाएको भन्दै उनले माओवादी सकिएको वा बढेको आगामी चुनावबाट थाहा हुँने बताए । उनले चुनावपछि माओवादी अझै शक्तिशाली पार्टी बन्ने दावीसमेत गरे ।

कार्यक्रममा माओवादी केन्द्रकी नेतृ एवं प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला संयोजक ऋषिराम ढुंगाना लगायतले पनि एमालेले पराजित मानसिकताले भ्रम फैलाएको भन्दै भ्रमको पछि नपर्न सबैमा आग्रह गरे ।

केही दिन अघि छिन्ताङ्गमा एमालेले गरेको सहिद स्मृति सभामा भएको पार्टी प्रवेशलाई आधार बनाएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ‘धनकुटामा माओवादी रित्तियो’ भनी प्रचार गरिएको थियो । सोही बिषयमा माओवादी नेताहरुले टिप्पणी गरेका हुन् ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ९५ जना नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यसैबीच, कृषि क्षेत्रमा योगदान गरेको र युवाहरुलाई कृषिमा लाग्न उत्प्रेरित गरेको भन्दै कृषि अभियान्ता जीवन प्रसाद राईलाई सम्मान पनि गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!