संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका दावेदार प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा सभापतिका लागि शेरबहादुर देउवालाई सघाउने भएका छन् । देउवासँगको भेटपछि आज बिहान पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले अब देउवालाई सघाउँन बताएका हुन् ।

‘देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ,’ नेता सिंहले भने, ‘हामी नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर लागेका थियौं, देशभरका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरेकाले हामीले पनि देउवाजीलाई नै सहयोग गरेर जाने निर्णय गरेका छौं ।’

कांगेसको सभापतिका लागि पाँच जना प्रतिष्प्रधी मध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउँन नसकेपछि कांग्रेसको विधान अनुसार पुनः दिउँसो ३ बजे मतदान गरिदैंछ । अब, सभापतिका लागि देउवा र नेता डा.शेखर कोइरालाबीच प्रतिष्प्रधा हुँनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!