- संगालोखबर सम्बाददाता

धनकुटा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनकुटाको सभापतिमा युवा नेता दिनेश राई निर्वाचित भएका छन् । मतगणना पश्चात बुधबार बिहान सार्वजनिक मत परिणाम अनुसार ३४ मतान्तरले राई जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

यसअघि जिल्ला कोषाध्यक्ष रहेका राईले सभापतिका लागि ५०४ मत पाएका छन् । उनका प्रतिद्धन्द्धी कमोट कुमार फागोले ४७० मत ल्याएका छन् । बिजयी राई सभापति शेरबहादुर देउवा खेमाका हुन् भने फागो बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन् । उनीहरु दुई बेग्ला–बेग्लै प्यानल बनाएर चुनावी प्रतिष्प्रधामा उत्रिएका थिए ।

उप–सभापतिमा ४६६ मतसहित सुनिल कुमार डंगोल र ४३० मतसहित निर्मल ओझा बिजयी भएका छन् । सचिवमा ६२६ मतसहित बिजयसन्तोषी राई र ४३९ मतसहित जयन्द्र घिसिङ्ग निर्वाचित भए । सचिवमा निर्वाचित राईले पदाधिकारीमध्येकै सर्वाधिक मत पाएका हुन् । त्यस्तै सह–सचिवमा ५१८ मतसहित रोशन श्रेष्ठ र ४६६ मतसहित गिरिजा दाहाल बिजयी भएका छन् । पदाधिकारीमा बिजयी हुँने मध्ये उप–सभापति ओझा बाहेक सवै सभापति दिनेशको प्यानका हुन् । ओझा भने फागोको प्यानलबाट उम्मेद्वार बनेका थिए ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबार सामुदायिक भवनमा भएको मतदानमा १०१३ जनाले मत खसालेका थिए । योसँगै अब धनकुटा कांग्रेसमा देउवा पक्षको पटक भएको छ । कांग्रेसको जिल्लासहित प्रदेश सभा (क) र (ख) मा देउवा पक्ष नै हावी छ । प्रदेशसभा (क) को सभापतिमा बिजयी जितेन्द्र राई र प्रदेश सभा (ख) को सभापतिमा बिजयी राजन पौडेल दुवै देउवा खेमाका हुन् ।

यस्तो छ पदाधिकारीका उम्मेद्वारहरुको मत परिणाम

सभापति
दिनेश राई : 504
कमोठ फागो : 470
उप-सभापति
सुनिल डंगोल : 466
रमेश ईवाहाङ : 410
सन्तोष तामाङ : 400
निर्मल ओझा : 430
सचिव
बिजय सन्तोषी राई : 626
जयन्द्र घिसिङ : 439
राजेन्द्र पौडेल : 314
तीर्थ राई : 392
सह-सचिव
गिरिजा दाहाल : 466
रोशन श्रेष्ठ : 518
झडेन्न्द्र खतिवडा : 331
अम्बिका राई : 418

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!