झापामा सशस्त्र प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु
झापा । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा बुधबार साँझ सशस्त्र प्रहरीले हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ । स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरी गोली चलाउँदा कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो ।
गाउँमा गोरु काटेको खबर पाएपछि सो स्थानमा प्रहरी टोली गएको थियो । त्यहाबाट प्रहरीले काटिएको अवस्थामा गोरुको टाउको र खुट्टा बरामद गर्यो । सो क्रममा आक्रोसित स्थ...





























