- संगालोखबर सम्बाददाता

बेलबारी । समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले बिरामीको उपचारका लागि आइसोलेसन बनाएको छ । बेलबारी नगरपालिका वडा नम्बर–२ बागदेवी सामुदायिक बन उपभोक्ता समुहको भवनमा २५ शैयाको आइसोलेसन बनाईएको हो ।

आईसोलेसन निर्माण गरेर लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । बेलबारी नगरपालिकाले क्वारेन्टाइनसमेत सञ्चालन गरिरहेको छ । बिभिन्न देशबाट आएकाहरुलाई ४ महिनायता क्वारेन्टाइनमा राखिदै आएको नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनका अनुसार लक्षण नदेखिएका संक्रमतिहरुलाई आइसोलेनसनमा राख्ने र लक्षण देखिएका बिरामीलाई कोभिड अस्पताल रेफर गरिनेछ ।

आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नेहरुलाई नगरपालिकाले आफै खानाको व्यवस्थासमेत मिलाएको छ । आइसोलेसनमा वाईफाई र सीसीक्यामेरा जडान गर्नुका साथै २४ सै घण्टा बत्ती नजाने ब्यबस्थासमेत मिलाईएको नगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!