
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास टोलका राजबीर पासवानले आफ्नै आमाको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका ३२ वर्षीय पासवानले ढुंगाले हानेर ५० वर्षीया आमा उर्मिलाको हत्या गरेका हुन् ।
नसामा रहेका पासवानले आमा–बुबामाथि ढुंगा प्रहार गरेका थिए । ढुंगाले टाउकोमा लागेर उर्मिलाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । टाउकोमा ढुंगाले लागेर ५५ वर्षीय बुवा उपेन्द्र गंभीर घाईते छन् ।
मनिषा हेल्थ केयर नवलपुरमा उनको उपचार भइरहेको छ । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट गएको प्रहरी टोलीले राजबीरलाई नियन्त्रणमा लिएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।















