
काठमाडौं । आज ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकैदिन नेपालमा कोरोनाबाट मृत्यु भएका मध्ये यो हालसम्मकै उच्च संख्या हो ।
विगत २४ घण्टाको पिसिआर परीक्षणमा थप ११ जना मृतकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ११ जिल्लाका १ महिला र १० पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बताए ।
मृत्यु हुनेमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १÷१ जना छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।















