प्रदेश १ मा थपिए ९३ कोरोना संक्रमित, ९ जना डिस्चार्ज
विराटनगर । प्रदेश १ का चार जिल्लामा आज ९३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा ३२ महिला र ६३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङका ४५, सुनसरीका ३७, झापाका ९ र संखुवासभाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरका ४२ जनामा कोरोना संक्रमण देखिएको छ । २१–२१ जना महिला र पुरुषको पीसीआर रिपोर्ट ...


























