
बिराटनगर । कोरोना संक्रमणका कारण आज ९ जनाको मृत्यु भएको छ । पर्सामा ३ जना, सुनसरीमा २ जना तथा बारा, सिरहा, मकवानपुर र भक्तपुरमा एक/एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण सुनसरीमा ६ बर्षीया बालिकाको मृत्यु भएको छ । त्यस्तै सुनसरीकै ६७ बर्षीय बृद्धको पनि मृत्यु भएको छ । यता, पर्सामा ६१, ५८ र ४८ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
त्यस्तैगरी बारामा ५८, सिरहामा ६८, मकवानपुरमा ५६ र भक्तपुरमा ७३ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।















