दुबईका राजकुमारले दुर्गा प्रसाईंलाई दिए सुनको लौरो
विराटनगर । दुबईका राजकुमार जुमा अल मोक्तुमले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् । तीन दिने भ्रमणका लागि नेपाल आएका राजकुमार मोक्तुमले झापाको चन्द्रगढी विमानस्थलमा प्रसाईंलाई सुनको लौरो उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।
श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत राजकुमार मोक्तुम चन्द्रगढी विमानस्थल अवतरण गरेका थिए । उनलाई स्वागतका लागि नेकपा एमालेको केन्द्रिय सदस्य...






























