- संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित पेप्सिकोलामा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्थानीय कायरा पोलिक्लिनिक र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो ।

Advertisement

पोलिक्लिनिकको प्राङ्गणमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये २२३ जनाको रक्त परीक्षण, १९७ जनाको भिडियो एक्सरे र १२१ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३६ जनाको दाँत निकालिएको छ भने जटिल समस्या भएका कारण शिविरमा उपचार सम्भव नभएका ४२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले यसअघि मंगलवार काठमाडौंको सतुङ्गलमा शिविर सञ्चालन गरेर १०२३ जनाको निःशुल्क उपचार गरेको थियो । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ । जसबाट हजारौं बिरामी लाभान्वित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!