विराटनगरमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगरमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर, ९ असार । बिराटनगर महानगरपालिका–१२ बखरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ३३ बर्षीय सुनिता चौधरी माझी छन् । बुधवार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएकी माझीलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने नायब सुब्बा पक्राउ

सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने नायब सुब्बा पक्राउ

सिरहा । लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् । सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ ।  डिएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वाय...
चुनावमा भोट हाल्न इटहरीबाट खोटाङ लैजाँदा बाटैमा हजुरआमाको हत्या, नाति पक्राउ

चुनावमा भोट हाल्न इटहरीबाट खोटाङ लैजाँदा बाटैमा हजुरआमाको हत्या, नाति पक्राउ

खोटाङ । हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ परेका छन् । खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दै आएकी ७७ वर्षीया तुलसा खड्कालाई गत स्थानीय तह निर्वाचनको बेला भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको अभियोगमा नाति हरि खड्का पक्राउ परेका हुन् । घटनापछि सम्पर्कविहीन बनेका खड्कालाई प्रहरीले भारतको सिलीगुढीबाट मंगलबार पक्राउ गरेको हो...
नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढ्यो, ११ महिनामा १५ खर्ब ७७ अर्ब घाटा

नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढ्यो, ११ महिनामा १५ खर्ब ७७ अर्ब घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ ।भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालले विभिन्न देशबाट १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँको वस्त...
संखुवासभामा करेन्ट लागेर घाइते भएका हाईड्रोपावरका ईन्जिनियरको मृत्यु

संखुवासभामा करेन्ट लागेर घाइते भएका हाईड्रोपावरका ईन्जिनियरको मृत्यु

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका ईन्जिनियरको मृत्यु भएको छ । करेन्ट लागेर घाइते भएका पोखरा महानगरपालिका–१२ का ३९ बर्षीय रोमन कुमार चन्दको उपचारका क्रममा मृत्यु भएको हो । मंगलवार बिहान हाईड्रोपावरभित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत का...
डलर भन्दै कागजका टुक्रा दिएर आठ लाख ठगी गर्ने युवा पक्राउ

डलर भन्दै कागजका टुक्रा दिएर आठ लाख ठगी गर्ने युवा पक्राउ

काठमाडौं । डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आमा ...
धनकुटामा मूल्यबृद्धिको विरोधमा चक्काजाम

धनकुटामा मूल्यबृद्धिको विरोधमा चक्काजाम

धनकुटा । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा अनेरास्ववियुले धनकुटामा चक्काजाम गरेको छ । धनकुटा बहुमुखि क्याम्पसको गेट अगाडि सडकमा बसेर विद्यार्थीहरुले चक्काजाम गरेका हुन् । उनीहरुले विहान ९ देखि साढे ९ बजेसम्म चक्काजाम गरेका हुन् । चक्काजामका कारण दर्जनौं सवारी साधनहरु सडकमा रोकिएर बसेका थिए ।
विराटनगर विमानस्थल प्रभावित उत्रिए सडक आन्दोलनमा

विराटनगर विमानस्थल प्रभावित उत्रिए सडक आन्दोलनमा

विराटनगर । सरकारले माग संवोधनमा चासो नदेखाएपछि विराटनगर विमानस्थल प्रभावितहरूले मङ्गलवारबाट सडक आन्दोलन थालेका छन् । विमानस्थल विस्तारका लागि सरकारले १४ महिना अघिदेखि रोक्का राखेको आफ्नो जग्गाको मुआब्जा वा जग्गा फुकुवाको माग गर्दै उनीहरूले विमानस्थलको प्रवेश द्वारमा धर्ना दिएका हुन् । विहान ११ बजे विमानस्थल नजिक भेला भएर उनीहरु नारावाजी गर्दै विमानस्थलको चेम्बर गेटमा पुगेका थिए । विरोध स्वरुप क...
खोलाले बगाउँदा विद्यालयबाट फर्किदै गरेका बालकको मृत्यु

खोलाले बगाउँदा विद्यालयबाट फर्किदै गरेका बालकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन छन्। पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिए। बगेको ठाउँबाट ५०/६० मिटर तल निराजनको शव फेला परेको हो । सोही खोलाले बगाउँ...
नेपाल हङकङसँग पराजित

नेपाल हङकङसँग पराजित

काठमाडौ । एसिसी वुमन्स टी २० च्याम्पियनसिप अन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । मलेसियाको किनरारा ओभलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाउनुअघि एक सय १२ रन बनायो । हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे । नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक व...
राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर मैदानमा आएको हुँः रवि लामिछाने

राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर मैदानमा आएको हुँः रवि लामिछाने

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर राजनीतिको मैदानमा उत्रिएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफूले ठूल्ठूला घोषणा नगर्ने बरु स–साना कुरामा परिवर्तन गर्न आएको बताए । उनले आफू कुनै व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको बताए । ‘म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ । यहाँ रहेका विकृति वि...
रवि लामिछानेको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

रवि लामिछानेको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

काठमाडौं  । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेको बताए । सोहीअनुसार उनले आफू चुनाव लड्ने उनले घोषणा गरे । ‘धेरै मानिसले भने नयाँ ...
संखुवासभामा जलेर ८६ बर्षीया बृद्धाको मृत्यु

संखुवासभामा जलेर ८६ बर्षीया बृद्धाको मृत्यु

संखुवासभा । संखुवासभामा आगोले जलेर आज एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा चैनपुर नगरपालिका–११ की ८६ बर्षीया मनमाया मगर छिन् । घरमा एक्लै बस्दै आएकी बृद्धले चुलोमा आगो सल्काउने क्रममा आफैले लगाएको चोलोमा आगो सल्किएको थियो । बिहान करिव ७ बजे जलेर गंभीर घाइते भएको अवस्थामा उनलाई आफन्तले फेला पारेर उपचारका लागि अस्पताल ल्याएका थिए । उपचारकै क्रममा जिल्ला अस्पताल खाँदबारीमा उनको मृत्यु भएको ...
उदयपुरमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुरमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित मदन भण्डारी लोकमार्गमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा त्रियुगा–१३ पोर्ताका ५२ बर्षीय कुमार बस्नेत छन् । सोमवार साँझ सवा ६ बजे बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको बा ९ च ३८४६ नम्बरको बोलेरो अनियन्त्रित भई भित्तामा ठोक्किँदा बोलेरोमा सवार बस्नेत घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । उपचारक...
विराटनगरमा मूल्यवृद्धिको विरोधमा गरिएको बन्दमा प्रहरीको हस्तक्षेप

विराटनगरमा मूल्यवृद्धिको विरोधमा गरिएको बन्दमा प्रहरीको हस्तक्षेप

विराटनगर । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा चक्काजाम गर्न सोमबार विराटनगरको राजवंशी चोकमा निस्किएका यातायात व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले यातायात व्यवसायीलाई लछारपछार पार्दै गाडी पन्छाएर सडक खुलाएको हो । प्रहरीले हातपात गरेपछि आक्रोशित बनेका व्यवसायी र प्रहरीबीच केही समय घम्साघम्सीसमेत भयो । मूल्यवृद्धिको विरोधमा कोशी राजमार्गमा गाडी तेस्राएर बसेका याताया...
बेलबारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

बेलबारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ । मोरङको बेलबारी नगरपालिका–११ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी–१० का ३१ वर्षीय कुसुमलाल धिमाल छन् । दिउँसो करिव सवा १२ बजे को २० प ७७५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित मोटरसाइकलको पछाडि सवार पथरीशनिश्चरे नगरपालिका–६ का २८ वर्षीय रमेश धिमाल घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पठाइएको थियो । उपचारकै ...
सार्वजनिक सवारी साधनको भाडा बढ्यो

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको हो । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालबाहक स...
रवि लामिछानेका दाजु–भाई नै चुनावमा उठ्ने

रवि लामिछानेका दाजु–भाई नै चुनावमा उठ्ने

काठमाडौं । टेलिभिजन प्रस्तोता छाडेका रवि लामिछानका दाजुभाइ नै संघीय संसदको निर्वाचनमा उठने भएका छन् । दशकौं लामो सक्रिय सञ्चारकर्म छाड्ने घोषणा गरेका रविका दाजु हरिशरण लामिछानेसमेत संघीय संसदमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सन्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि ...
सुनसरीमा बाढीले टेम्पो बगाउँदा किशोरीको मृत्यु

सुनसरीमा बाढीले टेम्पो बगाउँदा किशोरीको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ को बाघ खोलाले टेम्पो बगाउँदा एक जनाको मत्यु भएको छ । मृत्यु हुँनेमा बराहक्षेत्र–१ की १७ बर्षीया स्टिफिना राई छिन् । गएराती पौने ८ बजे चतराबाट धरानतर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई बाढी आएको बाघ खोलाले बगाउँदा टेम्पोमा सवार राई र चालक धरान–१७ का २२ बर्षीय राजु राई बेपत्ता भएका थिए । टेम्पोलाई खोलाले बगाएको जानकारी पाएपछि ईलाका प्रहरी कार्या...
पेट्रोलियम पदार्थको भाउ आकासियो, अब पेट्रोलको मूल्य १९९ रुपैयाँ

पेट्रोलियम पदार्थको भाउ आकासियो, अब पेट्रोलको मूल्य १९९ रुपैयाँ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको हो । डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । योसँगै अब प्रति लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टीतेलको मूल्य १९२ रुपैयाँ पर्ने भएको छ । आइतबार राति १२ बजेदेखि यो मूल्य लागू हुँनेछ...
धनकुटाको पाख्रीवास नगरपालिकाबाट रातारात अनुदानका बोका–बाख्रा बाँढियो, अनियमितताको आशंका

धनकुटाको पाख्रीवास नगरपालिकाबाट रातारात अनुदानका बोका–बाख्रा बाँढियो, अनियमितताको आशंका

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाबाट अनुदानका बोका–बाख्रा रातारात वितरण गरिएको छ । आइतवार राती करिब ९ बजेदेखि १० बजेसम्म बोका–बाख्रा वितरण गरिएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । नगरपालिकाले किसानलाई बोका–बाख्रा अनुदानमा दिनका लागि बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट खरिद गरिएका दर्जनौं बोका–बाख्रा रातारात वितरण गरिएको हो । बोका–बाख्रा बाँढ्न मेयर ज्ञानबहादुर गुरुङ्ग, प्रमुख प्रशा...
सरकारले सुनेन विराटनगर विमानस्थल पीडितको माग

सरकारले सुनेन विराटनगर विमानस्थल पीडितको माग

विराटनगर । विराटनगर विमानस्थल पीडितले उठाएको माग सम्बोधनका लागि सरकारले वेवास्ता गरेको छ । सरकारले रोक्का गरेको आफ्नो जग्गाको मुआब्जाका लागि १४ महिनासम्म कुरेका स्थानीयवासीले मुआब्जा नभए जग्गा फुकुवाको माग अघि सारेका छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउँन अधिग्रहणका लागि सरकारले आसपास क्षेत्रको १२६ दशमलव ४६ बिगा जग्गा रोक्का गरेको छ । ३५० परिवारको १४०० कित्ता जग्गा रोक्का छ । जसका ...
धनकुटा अस्पताल सुधारको माग गर्दै बुझाइयो ध्यानाकर्षण पत्र, यस्ता छन् १४ बुँदे माग

धनकुटा अस्पताल सुधारको माग गर्दै बुझाइयो ध्यानाकर्षण पत्र, यस्ता छन् १४ बुँदे माग

धनकुटा । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघले धनकुटा जिल्ला अस्पताल सुधार तथा स्तरोन्नतिका लागि आइतवार १४ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । अस्पतालले प्रदान गर्दै आएको सेवा सुविधा प्रभावकारी र सन्तोषजनक नभएको भन्दै युवा संघले सेवा सुविधा सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । अस्पतालमा धर्नासहित ज्ञापनपत्र बुझाउँन युवा संघका नेता कार्यकर्ताहरू अस्पतालको प्रशासनि...
धनकुटा भलिबल संघको अध्यक्षमा कार्की

धनकुटा भलिबल संघको अध्यक्षमा कार्की

धनकुटा । भलिबल संघ धनकुटाको अध्यक्षमा गौरव कार्की निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १४ औं जिल्ला अधिवेशनले कार्कीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो । समितिको उपाध्यक्षमा गणेश पाण्डे र दिनेश सुवेदी, महासचिवमा रविनकुमार लिम्बु र कोषाध्यक्षमा अमृत राई चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा राष्ट्रमिला राई, जुनु राई, सुवन राई, सुरज लिम्बु, पदम भट्टराई, सुविन राई, ...
मोरङमा पानीमा डुबेर दुई जनाको मृत्यु

मोरङमा पानीमा डुबेर दुई जनाको मृत्यु

विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिकामा बृद्धा र रतुवामाई नगरपालिकामा वालकको मृत्यु भएको हो । जहदा–४ की ६५ बर्षीया बुधियादेवी मुखिया शनिवार बिहान घर नजिकैको माछा पोखरीमा मृत भेटिएकी हुन् । उनी माइत जान्छु भनेर घरवाट हिडेकी थिइन् । पोखरीमा मृत फेला परेको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी टोली घटनास्थल गएर शवलाई...
चुनावपछि सुन्दरहरैंचा कांग्रेसभित्र विवाद, नेता सिटौला र ढकाल खुलेरै आरोप प्रत्यारोपमा

चुनावपछि सुन्दरहरैंचा कांग्रेसभित्र विवाद, नेता सिटौला र ढकाल खुलेरै आरोप प्रत्यारोपमा

विराटनगर । गत स्थानीय तह निर्वाचनको विषयलाई लिएर मोरङको सुन्दरहरैंचामा कांग्रेसभित्र विवाद सृजना भएको छ । पार्टीभित्रको आन्तरिक कलहका कारण नेताहरू खुलेरै आरोप प्रत्यारोपमा उत्रिएका छन् । जसका कारण पार्टी कार्यालय तोडफोडसम्मको स्थिति सृजना भएको छ । गत मङ्गलबारका लागि तय भएको नगर कार्य समितिको नियमित बैठक नै भाँडिएको छ । कांग्रेसका तर्फबाट मेयर पदका लागि उम्मेदवार बनेका शिवप्रसाद ढकाल पराजित बनेप...
विराटनगरका दिदी-भाइ बेपत्ता घटना रहस्यमय: डराएर बोल्नै मान्दिनन् बालिका, अनुसन्धानमा समस्या

विराटनगरका दिदी-भाइ बेपत्ता घटना रहस्यमय: डराएर बोल्नै मान्दिनन् बालिका, अनुसन्धानमा समस्या

विराटनगर । बेपत्ता भएको चार दिनपछि विराटनगरका दिदी-भाइ शनिवार फेला परे । तर, उनीहरूलाई कसले बेपत्ता बनाएको थियो भन्ने अझै खुलेको छैन । विराटनगर–८ जयनेपाल चोककी १८ वर्षीया प्रतिमा घिमिरे र उनका भाइ २ वर्षका प्रसिद्ध गत मंगलबार दिउँसोदेखि परिवारसँग सम्पर्कविहीन भएका थिए । उनीहरु उज्यालो नहुँदै साढे ४ बजे बिहान घर आइपुगेका हुन् । चारदिनसम्म बालकालिका बेपत्ता हुनु र एकाबिहानै अँध्यारोमै घर आइपुग्नु...
प्रियंकाले जितिन् मिस नेपालको उपाधि

प्रियंकाले जितिन् मिस नेपालको उपाधि

विराटनगर । प्रियंका रानी जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छिन् । मिस नेपालको उपाधिका लागि फाइनलमा २४ जनाले प्रतिष्पर्धा गरेका थिए । उनीहरुलाई पछि पार्दै जोशी विजेता बनेकी हुन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल बनेका छन् । प्रतियोगिताको फाइनलमा आकृति शाह, दिलाशा डोटेल, ऐश्वर्या शाही ठकुरी, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ममता ढकाल, अनुष्क...
उदयपुरमा सुतिरहेकै ठाउँमा मृत भेटिइन् महिला

उदयपुरमा सुतिरहेकै ठाउँमा मृत भेटिइन् महिला

उदयपुर । उदयपुरमा सुतिरहेकै ठाउँमा एक महिला मृत भेटिएकी छन् । उदयपुरगढी गाउँपालिका–७ नागवेलीकी ३७ बर्षीया दिल कुमारी राई ओछ्यानमै सुतिरहेको अवस्थामा मृत भेटिएकी हुन् । गएराती खाना खाएर सुतेकी राई सुतेकै ठाउँमा मृत अवस्थामा रहेको भनेर आज बिहान करिव ११ बजे अस्थाई प्रहरी पोष्ट नेपालटारमा टेलीफोनमार्फत जानकारी आएको थियो । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षकसहितको ...
धनकुटामा पीजीयस गठन, अब अर्गानिक खेतिमा प्रोत्साहन गरिने

धनकुटामा पीजीयस गठन, अब अर्गानिक खेतिमा प्रोत्साहन गरिने

धनकुटा । धनकुटामा अर्गानिक व्यवस्थापन समिति (पीजीयस) गठन गरिएको छ । शनिबार कार्यक्रम गरेर युवराज दर्नालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा लालयन राई, सचिवमा बेदप्रसाद रोइला, सह–सचिवमा हिक्मत मगर र कोषाध्यक्षमा आशा राई चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा पदमबहादुर आले, केशब चेम्जोङ, उपेन्द्र खनाल, नारायण श्रेष्ठ, गणेश सुवेदी र मणिकुमार सुवेदी चयन भएका छन् । नारायण...
error: Content is protected !!