संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौंको चन्द्रगिरी नगरपालिका–१० स्थित सतुङ्गलमा मंगलवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र चन्द्रगिरी नगरपालिका वडा नंम्बर १० को सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Advertisement

सामूदायिक भवनमा सञ्चालित शिविरमा १०२३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २३८ जनाको ईसीजी, २२८ जनाको रक्त परीक्षण र १९७ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३१ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ५६ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ । जसबाट हजारौं बिरामी लाभान्वित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!