- संगालोखबर सम्बाददाता

ललितपुर । ललितपुर महानगरपालिका–९ स्थित च्यासलमा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय तिनमुखे गणेश बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

Advertisement

च्यासल युवा क्लबको प्राङ्गणमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा २१३ जनाको रक्त परीक्षण, १७९ जनाको भिडियो एक्सरे र १३३ जनाको मुटुको जाँच (ईसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका ३७ जनाको दाँत निकालिएको छ । त्यस्तै शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले यसअघि शुक्रवार भक्तपुरको सूर्यविनायकमा स्वास्थ्य शिविर सञ्चालन गरेर १०१३ जनाको निःशुल्क उपचार गरेको थियो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्मा बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!