- संगालोखबर सम्वाददाता

काठमाडौं । प्रधान सेनापती प्रभुराम शर्माले भुकम्पको अप्ठ्यारो स्थिति सामाना गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको जनाएका छन् ।

Advertisement

अमेरिकन योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का लागि पत्र लेखेको स्विकार गर्दै प्रधानसेनापति शर्माले सो पत्रमा सैन्य अलायन्स नलेखिएको पनि जनाएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले सार्वजनिक भएको १० बुँदे फरम्याट आधिकारिक नभएको पनि जनाएका छन् ।

‘अहिले जुन पत्र बाहिर आएको छ, त्यो सत्य हो, चिठी लेखिएको साँचो हो तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन, म सैन्य अलायन्स हुने भन्ने कुराको बिरोध गर्न चाहन्छु,’ प्रधान सेनापति शर्माले भने, ‘यो चिठी किन लेखियो भने त्यो बेला भुकम्प गए पछिको अवस्था थियो, भुकम्पमा काम गर्न अमेरिकाले मानवीय सहायता दिने भनेर लेखिएको हो, सैनिक गठबन्धन गर्ने होइन ।’

०७२ सालको भुकम्पको मानवीय क्षतिपछि सहयोगका लागि सो पत्र अमेरिकन सरकारलाई पठाए पनि सैन्य अलायन्सका लागि नभएको प्रधानसेनापति शर्माले बैठकमा जानकारी दिएका छन् । ‘नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा चिठी पठाएको हो तर भुकम्पमा मानवीय सहायताबाहेक अरु उद्देश्य थिएन, हैन’ समिति बैठकमा भने ।

तर, हालै सार्वजनिक भएको १० बुँदे फरम्याटका बारेमा भने नेपाली सेनालाई कुनै जानकारी नभएको उनको भनाई छ । ‘अहिले १० बुँदे फरम्याट जो बाहिर आएको छ, त्यो भने नेपाली सेनालाई आएको होइन’ शर्माले समिति बैठकमा भने । बैठक जारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!