- संगालोखबर सम्वाददाता
फायल तस्बीर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा हस्ताक्षर गराउन प्रयास गर्लान भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आफनो धारणा राख्दै अध्यक्ष नेपालले ‘ह्विस्की’ खुवाएर सम्झौता गराउने आशंका गर्दै प्रधानमन्त्री देउवालाई सचेत गराएका हुन् ।

अमेरिकन सरकारले देउवालाई भुलभुलैयामा पारेर हस्ताक्षर गराउन सक्ने खतरा अझै रहेकोतर्फ नेपालको आशंका कायमै छ । ‘मिठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला ख्याल गर्नुहोला’ नेपालको भनाई छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई सो बारेमा जानकारी माग गरेको पनि बैठकमा बताएका छन् । ‘मैले प्रधानमन्त्रीलाई सोध्दा उहाले एसपीपीमा हस्ताक्षर गर्दिन कसैले भने पनि म गर्दिन भनेर भन्नू भो । यसो हेर्दा उहाँ अडानमा हुनुहुन्छ । उत्तरी सीमामा सैन्य गतिविधि हुन दिन्न भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वास्त भएको छु । कुनै पनि मुलुकको दबाब स्वीकारिदैन । यस सम्झौतमा हाम्रो असहमति छ’ नेपालले बैठकमा भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!