इटहरीको बस्तीमा पस्यो चितुवा, गाउँले त्रसित

इटहरीको बस्तीमा पस्यो चितुवा, गाउँले त्रसित

सुनसरी । इटहरीको एकता टोलमा चितुवा पसेपछि सर्वसाधरण त्रसित भएका छन् । इटहरी वडा नं. ६ र ९ को सिमानामा पर्ने सो टोलमा आज बिहान चितुवा पसेको हो । बस्तीमा पसेको चितुवाले आक्रमण गर्नेसक्ने त्रासले सर्वसाधरणहरु झ्याल ढोका लगाएर घरभित्र बसेका छन् । स्थानीय प्रशासनले सर्वसाधरणलाई घरबाहिर ननिस्कन अपिल गरेको छ । घरबाहिर ननिस्कन भन्दै प्रहरीले माइकिङ्ग गरिरहेको छ । चितुवालाई नियन्त्रण लिने प्रयास भइरहेक...
सुनसरीको बराहक्षेत्रमा बन्चरोले हानेर भाइको हत्या

सुनसरीको बराहक्षेत्रमा बन्चरोले हानेर भाइको हत्या

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ का एक युवाले बन्चरोले हानेर आफ्नै भाइको हत्या गरेका छन् । स्थानीय ३० बर्षीय देबराज धामीले १८ बर्षीय भाई देव कुमारमाथि बन्चरो प्रहार गरेका हुन् । घरायसी सामान्य विवादका क्रममा आज बिहान करिब ६ बजे देवराजले भाइमाथि बन्चरो प्रहार गरेका हुन् । टाउकोमा बन्चरोले लागेर गम्भीर घाइते भएका देवकुमारलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा...
धनकुटामा मूल्यवृद्धिको विरोधमा एमालेको प्रदर्शन

धनकुटामा मूल्यवृद्धिको विरोधमा एमालेको प्रदर्शन

धनकुटा । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेले आज धनकुटामा विरोध प्रदर्शन गरेको छ । एमाले धनकुटा नगर कमिटीको आयोजनामा मुल्यबृद्धि फिर्ताको माग गर्दै जुलुश प्रदर्शन गरिएको हो । मदनचौकबाट सुरु भएको विरोध जुलुशले बजारका बिभिन्न क्षेत्रको परिक्रमा गर्यो । कालो व्यानर र कालै पट्टी वाधेर निस्किएका एमाले नेता कार्यकर्ताले मूल्यवृद्धिको विरोधमा चर्को नारा लगाए । उनीहरुले सरकारविर...
ढंग पुर्यायो भने म जस्तो १० सिटे पनि मुख्यमन्त्री बनिदो रहेछ: मुख्यमन्त्री राई

ढंग पुर्यायो भने म जस्तो १० सिटे पनि मुख्यमन्त्री बनिदो रहेछ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नो पार्टी प्रदेश सभामा सानो भएर पनि ढंग पुर्याएर काम गरेकाले आफु मुख्यमन्त्री बनेको टिप्पणी गरेका छन् । आइतवार प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । ढुंग पुर्याएर काम गर्दा दल सानो–ठूलो भन्ने कुराले खासै फरक नपार्ने उनको भनाई छ । ‘ढंग नपुग्दा ठूलो दल पनि बाहिरिनु पर्छ,’ उनले भने, ‘ढंग पुर्याएर काम गर्यो भने म जस्...
सुनसरीमा जीपको ठक्करबाट एक जनाको मृत्यु, ६ घाइते

सुनसरीमा जीपको ठक्करबाट एक जनाको मृत्यु, ६ घाइते

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ बर्षीय श्रवण कुमार मेहेता छन् । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका जीप चालकसहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको ...
राप्रपाका धनकुटा अध्यक्ष थापाले दिए राजीनामा

राप्रपाका धनकुटा अध्यक्ष थापाले दिए राजीनामा

धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टीका धनकुटा जिल्ला अध्यक्ष कुमारबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । २०४८ सालदेखि झण्डै ३१ बर्ष राप्रपाको अध्यक्ष बनेका थापाले पार्टीका केन्द्रिय अध्यक्षसमक्ष राजीनामा पेश गरेका हुन् । उनले राजीनामा पत्रमा कुनै कारण खुलाएका छैनन् । गत मंसिरमा भएको पार्टीको महाधिवेसनमा कमल थापालाई जिताउन उनी लागिपरेका थिए । तर, कमलले हारेर राजेन्द्र लिङ्देन विजयी बने । त्यस...
भूमि आयोग अध्यक्ष निरौलासहित कांग्रेसका चार नेतालाई कारवाही सिफारिस

भूमि आयोग अध्यक्ष निरौलासहित कांग्रेसका चार नेतालाई कारवाही सिफारिस

विराटनगर । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको ठहर गर्दै नेपाली कांग्रेस कानेपोखरी गाउँपालिका कमिटीले राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलासहित पार्टीका चार नेतालाई कारबाही गर्न सिफारिस गरेको छ । कांग्रेस मोरङ क्षेत्र नं.३ का क्षेत्रिय प्रतिनिधिसमेत रहेका आयोग अध्यक्ष निरौलासहित महाधिवेशन प्रतिनिधि जयराज संयोग, क्षेत्रीय प्रतिनिधि मदन सेडाई र कानेपोखरी उपसभाप...
नेपालको एएफसी एसियन कपमा छनोट हुने सम्भावना सकियो

नेपालको एएफसी एसियन कपमा छनोट हुने सम्भावना सकियो

काठमाडौं । लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ । शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४–१ अन्तरले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । यस खेलसँगै नेपाल समूह ए मा दुई खेलबाट विना कुनै अंक पुछारमा छ । कुवेतको पहिलो जितमा युसेफ अलसुलिमानले दुई तथा फाहद अलरेसिदी र मोबारक अ...
पूर्वअभ्यासमा विपद्कै झल्को

पूर्वअभ्यासमा विपद्कै झल्को

विराटनगर । विराटनगरको सिंघिया खोलामा उर्लिएको बाढी अचानक बस्तीमा पस्यो । कोही मान्छे बगे, कसैको घर नै बगायो । सक्नेहरू ज्यान जोगाउँन पौडिन थाले, नसक्नेहरू मुढो झै बगे । घरभित्रका सामान बाढीको पानीमा तैरिए । कोही परिवारका सदस्यलाई बाढीले बगाउँदा रोइकराई गर्न थाले । गाउँमा ‘बज्रपात’ पर्यो, बाढीले वितण्डा मच्चाएपछि गाउँलेहरू हारगुहार गर्न थाले । त्यही बेला एक जनाले प्रशासनलाई खबर गरे । लगत्तै नेपा...
धनकुटामा सुरु भयो महिला फुटबल प्रतियोगिता

धनकुटामा सुरु भयो महिला फुटबल प्रतियोगिता

धनकुटा । धनकुटामा आइतवारदेखि पालिका स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा तल्लो टुडिखेलमा प्रतियोगिता आयोजना गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले एक कार्यक्रमकाबीच पानसमा दीप प्रज्जवल गरेर प्रतियोगिता उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै तामाङले धनकुटामा अहिले खेलकुद क्षेत्र निदाइरहेको हुनाले यसलाई बिउझाएर तीव्र गतिमा ...
विराटनगरको बरगाछीमा ‘पिताजी’ को शालिक, पूर्व राष्ट्रपति यादवले गरे अनावरण

विराटनगरको बरगाछीमा ‘पिताजी’ को शालिक, पूर्व राष्ट्रपति यादवले गरे अनावरण

विराटनगर । विराटनगरको बरगाछी चौकमा कृष्ण प्रसाद कोइरालाको शालिक निर्माण गरिएको छ । ‘पिताजी’ उपनामले चिनिने कोइरालाको शालिक शनिवार एक कार्यक्रमकाबीच अनावरण गरियो । पूर्व राष्ट्रपति डा.रामवरण यादवले पर्दा हटाएर कोइरालाको शालिक अनावरण गरेका हुन् । यसअघि बरगाछीमा बरकै स्तम्भ बनाइएको थियो । सडकको विचमा रहेको सो स्तम्भलाई ट्रकले ठक्कर दिँदा भत्कियो । अहिले सोही स्थानमा कोइरालाको शालिक निर्माण गरिएको ...
मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

जनकपुर । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–११, हिरापुरका ३१ वर्षीय रवि विक छन् । शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक अशोक लालबन्दी–१७, रानीगञ्जका वासिन्दा हुन् । प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुबै ज...
खोटाङमा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध निर्माणस्थलमै सार्वजनिक सुनुवाई

खोटाङमा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध निर्माणस्थलमै सार्वजनिक सुनुवाई

खोटाङ । सडक ढलानको काममा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध खोटाङमा निर्माणस्थलमै सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित दिक्तेलबजारको सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको सूर्य विकास जेभीविरुद्ध शुक्रबार दिक्तेलको सल्लेरी टोलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सडक ढलानको अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गर्न १६ जेठमा पत्राचार गर्दा समय...
धनकुटा जिससमा एमालेको प्यानलनै विजयी

धनकुटा जिससमा एमालेको प्यानलनै विजयी

धनकुटा । जिल्ला समन्वय समिति धनकुटामा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । जिससको प्रमुखमा एमालेका निरेन तामाङ्ग र उपप्रमुखमा सावित्रा राईसहित सम्पूर्ण पदमा एमालेका उम्मेद्वार बिजयी भएका हुन् । १४ मतदाता रहेको जिससको निर्वाचनमा ९ मतसहित प्रमुख पदमा एमालेका तामाङ्ग निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हर्क चेम्जोङ्गले ५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमाले उम्मेद्वार ...
पुरानो ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आयोः मुख्यमन्त्री शाही

पुरानो ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आयोः मुख्यमन्त्री शाही

सुर्खेत । प्रदेश सरकार स्थापना भएदेखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिनु आफ्नो दायित्व भएको बताए । जथाभावी योजना बनाइ काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उनले बताए । अहिले असन्तुलित बजेट आउने भन्दै मुख्यमन्त्री शाहीले भने,...
मोरङका उद्योगीको मागमा अर्थमन्त्री सकारात्मक, यस्तो दिए आश्वासन

मोरङका उद्योगीको मागमा अर्थमन्त्री सकारात्मक, यस्तो दिए आश्वासन

विराटनगर । मोरङका उद्योगी व्यवसायीहरुले उठाउँदै आएको माग सुनुवाई गर्न अर्थमन्त्री जनार्दन शर्मा सकारात्मक देखिएका छन् । मोरङका उद्योगी व्यवसायीहरुसँग शुक्रबार काठमाडौंमा भएको भेटमा अर्थमन्त्री शर्माले सकारात्मक प्रतिक्रिया दिएका हुन् । स्टिल तथा वायर, वनस्पति घ्यूतेल र सेनिटरी प्याड उत्पादन गर्ने उद्योग बन्द हुँने गरी गरिएको भन्सार दर हेरफेरको नीति सच्याउँन माग गर्दै उद्योगीहरु आन्दोलित भइरहेका...
काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा गएराती भूकम्पको धक्का महसुस भएको छ । राती २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भक्तपुरको चाँगुनारायण आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । उपत्यकामै केन्द्रविन्दु बनाएर भूकम्प गएकाले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पको कडा धक्का महसुस भएको थियो । भूकम्पले हल्लाएपछि मा...
डा. शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट १५ सय बिरामीले पाए गाउँमै निःशुल्क उपचार

डा. शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट १५ सय बिरामीले पाए गाउँमै निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले सञ्चालन गराएको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत दुई साताको अवधिमा मोरङको क्षेत्र नं.३ का एक हजार पाँच सय भन्दा बढी विरामीले गाउँमै निःशुल्क उपचार पाएका छन् । नोबेल अस्पतालमार्फत डा.शर्माले बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकामा जेठ दोस्रो साताबाट ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएक...
भक्तपुरको सूर्यविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुरको सूर्यविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित किवा चौकमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय ज्योती सेकेण्डरी स्कूलको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । स्कूलको प्राङ्गणमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले स्कूलका विद्यार्थी, उनीहरुका अभिभावक, शिक्षक र स्थानीयसहित १०१३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । ...
तेह्रथुममा सुनका गरगहना र नगद चोर्ने पक्राउ

तेह्रथुममा सुनका गरगहना र नगद चोर्ने पक्राउ

तेह्रथुम । तेह्रथुममा नगद र सुनका गरगहना चोरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ का ३५ बर्षीय रोशन तामाङ छन् । तामाङले बुधबार दिउँसो फेदाप गाउँपालिका–२ का प्रेम प्रसाद भट्टराईको घरमा कोही नभएको बेला ढोका फोरेर कोठाभित्र काठको बाकसमा राखेको ५ तोला ५ आना बराबरको सुनका गरगहना र १ हजार रुपैयाँ चोरेर फरार भएका थिए । चोरी भएको सूचना पाएपछि प्रहरी चौकी योयाक्...
दुहबीमा लहरीले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

दुहबीमा लहरीले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

सुनसरी । सुनसरीको दुहवी नगरपालिका–५ बुढीपुलस्थित कोशी राजमार्गमा लहरीले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा ईटहरी उपमहानगरपालिका–२० की ५८ बर्षीया कृष्ण कुमारी खवास छिन् । उनका श्रीमान ६६ बर्षीय मछिन्द्र खवासले चलाएको को २८ प ८५४४ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको युपी ५७एटी ३८३७ नंम्बरको भारतिय लहरीले ठक्कर दिएको हो । लहरीको ठक्करबाट मोटरसाइकलमा पछाड...
पृथ्वी राजमार्गमा भासियो सडक, सवारी आवतजावत अवरुद्ध

पृथ्वी राजमार्गमा भासियो सडक, सवारी आवतजावत अवरुद्ध

तनहुँ । अविरल बर्षाका कारण तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा सडक भासिदा गएरातिदेखि पृथ्वी राजमार्गमा सवारी आवतजावत अवरुद्ध भएको छ । साँखरस्थित ड्याम नजिक करिब २० मिटर सडक भासिएको हो । जसका कारण रातिदेखिनै सो राजमार्गमा सवारी साधन सञ्चालन हुन सकेका छैनन् । सडक अवरुद्ध भएपछि गन्तव्यमा जान नसकी सवारी साधनबीच बाटोमै अलपत्र परेका छन् । तत्काल मर्मतसम्भार गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवार...
यस्तो रहने छ तीन दिनको मौसम

यस्तो रहने छ तीन दिनको मौसम

काठमाडौं । मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्ये भूभागमा नियमितजसो वर्षा हुन थालेको छ । यद्यपि, पश्चिम नेपालका तराई क्षेत्रमा भने अझै गर्मी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा छ । काठमाडौं उपत्यकामा पनि नियमित वर्षा भइरहेको छ । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायु...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२/१२ रुपैयाँ बढाएको हो । बिहीबार राति १२ बजेबाट नयाँ मूल्य लागू हुने निगमले जनाएको छ । भाउ बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय ७८ पुगेको छ । डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १ सय ६५ पुगेको निगमले जनाएको छ ।
मोरङका उद्योगी व्यवसायी र मजदुर उत्रिए सडकमा, अर्थमन्त्रीको राजीनामा माग

मोरङका उद्योगी व्यवसायी र मजदुर उत्रिए सडकमा, अर्थमन्त्रीको राजीनामा माग

विराटनगर । सरकारले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको बजेट तथा नीतिका कारण उद्योगहरू बन्द हुँने अवस्था सृजना भएको भन्दै मोरङका उद्योगी व्यवसायी र मजदुरले बिहीबार विरोध प्रदर्शन गरेका छन् । स्टिल तथा वायर, वनस्पति घ्यूतेल र सेनिटरी प्याड उत्पादन गर्ने उद्योग बन्द हुने गरी गरिएको भन्सार दर हेरफेरको नीति सच्याउन माग गर्दै उनीहरूले बुढिगंगा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा प्रदर्शन गरेका हुन...
केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ललितपुरको ठेचोका नौ सय बिरामी लाभान्वित

केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ललितपुरको ठेचोका नौ सय बिरामी लाभान्वित

ललितपुर । ललितपुरको गोदावारी नगरपालिका–१२ स्थित ठेचोमा विहीबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट नौ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जेष्ठ नागरिक चौतारी र गोदावारी नगरपालिका वडा नंम्बर १२ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो । डलुचा गार्डेनमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९८२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरम...
गाईवस्तु चराउँन गएका दुई जनाको चट्याङ लागेर मृत्यु

गाईवस्तु चराउँन गएका दुई जनाको चट्याङ लागेर मृत्यु

राजविराज । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा बिहीबार दिउँसो दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव छन् । गाईवस्तु चराउन गएका बेला बर्षा भएपछि उनीहरु एउटै छातामा ओत लागेका थिए । दुबै जनामाथि चट्याङ पर्दा घटनास्थलमै उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बरसाइनका प्रहरी वरिष्ठ नायव निरीक्षक सुरेश पालले ...
इलामबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

इलामबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

  इलाम । इलामको देउमाई नगरपालिका–३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउमाई–७ का २० बर्षीय शम्भु लिम्बु र माई नगरपालिका–८ का १८ बर्षीय सुमन लिम्बु छन् । नेपालटार–मंगलबारे सडक खण्डमा ईलाका प्रहरी कार्यालय मंगलबारेबाट चेकिङमा खटिएको प्रहरी निरीक्षकसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चेकजाँचका क्रममा प्रदेश १–०३–००१ प १६५५ र को १३ प २१६...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

विराटनगर । सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ रहेको चा...
तेह्रथुम र पाँचथरमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

तेह्रथुम र पाँचथरमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

विराटनगर । तेह्रथुम र पाँचथरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ को म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा परी फेदाप गाँउपालिका–५ ईसिबुका २६ बर्षीय रबिन खापुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । प्रहरीका ...
मोरङका उद्योगीको आन्दोलन परिवर्तन, चक्काजामको सट्टा प्रदर्शन गर्ने

मोरङका उद्योगीको आन्दोलन परिवर्तन, चक्काजामको सट्टा प्रदर्शन गर्ने

विराटनगर । मोरङका उद्योगी व्यवसायीले आज गर्ने भनेको चक्काजाम नगर्ने भएका छन् । उनीहरुले चक्काजामको सट्टा शान्तिपूर्ण प्रदर्शनको तयारी गरेका छन् । सरकारले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको बजेट तथा नीतिमा गरिएको भन्सार दर हेरफेरका कारण स्टिल तथा वायर, वनस्पति घ्यूतेल र सेनिटरी प्याड उत्पादन गर्ने उद्योग संकटमा परेको भन्दै उद्योगी व्यवसायीहरु आक्रोशित छन् । मोरङ व्यापार संघ, उद्योग संगठन म...
error: Content is protected !!