- संगालोखबर सम्वाददाता
फायल तस्बीर

काठमाडौं । सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जवाल दिनुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद वथापाले अमेरिका सँग गर्न लागिएको भनिएको एसपीपीबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका हुन् । सदन र संसदीय समितिमा सांसदहरुले प्रश्न उठाइरहेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

Advertisement

‘केही दिनदेखि संसदको समितिमा, संसदको बैठकमा माननीयज्यूहरुले एसपीसी सम्झौताबारेमा गम्भीर विषय उठाइरहनु भएको छ । यो विषय सरकारसँग सम्बन्धित छ । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले सम्हाल्नु भएको छ,’ थापाले भने, ‘संसदमा यतिको विषय उठिसकेपछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्रीले संसदमा उभिएर तत्काल जवाफ दिनुपर्छ ।’

एसपीपी सम्झौता के हो र यो कसको पालामा भएको भन्दै उनले जिज्ञासासमेत गरे । केही समयअघि एमसीसी सदनबाट पारि गरेको स्मरण गराउँदै उनले तर, नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्न नहुने बताए ।

‘हामीले केही समय अगाडि सदनबाट एमसीसी अनुमोदन गर्‍यौँ । यस्ता विकास साझेदारीको विषय अमेरिकासँग, चीनसँग, भारतसँग, सबै शक्ति राष्ट्रसँग थप आवद्ध हुने, संलग्न हुने हो, यसबाट केही लिने हो । तर, नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारी, चाहे त्यो छिमेकी देशसँग होस्, चाहे त्यो शक्ति राष्ट्रसँग होस्, मित्रराष्ट्रसँग होस्, त्यसमा नेपाल सहभागी हुन सक्दैन । हुन पाउँदैन । हुन दिँदैनौँ,’ उनले भने, ‘नेपालको विकासका लागि सबै मित्रराष्ट्र, छिमेकी, शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । उनीहरुले यो गर, योसँग गर, योसँग नगर भन्यो भने नसुन्ने हो ।’

तर, सामरिक विषयमा भने नेपाल संलग्न हुन नहुने भन्दै उनले पुनः यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!