- संगालोखबर सम्बाददाता
फायल तस्बीर

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको हो ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालबाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा समायोजन गरेको यातायात व्यवस्था विभागले जनाएको हो ।

Advertisement

सरकारले हालै १६ प्रतिशत भन्दा बढी हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । विभागका अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा ९.९४ प्रतिशत, यात्रुवाहक सवारी साधनमा ५.३० प्रतिशत, तराइको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा ७.७ प्रतिशत भाडावृद्धि भएको हो ।

कहाँ पुगेको भाडादर कति ? 

भाडादर हेर्न यहाँ क्लिक गर्नुहोस्

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!