विशेष प्रहरी भन्दै ठगी गर्ने दुई जना पक्राउ

विशेष प्रहरी भन्दै ठगी गर्ने दुई जना पक्राउ

उदयपुर । उदयपुरमा आफूलाई विशेष प्रहरी भएको बताउँदै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिका–७ मुर्कुर्चीका २३ वर्षीय दिलिप भनिने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाटका ३३ वर्षीय सन्तोष चौधरी छन् । उनीहरुले आफू सिभिल (सादा पोसाकका) प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्की दिएर जवरजस्ती रकम मागेर ठगी गरेको आरोप छ । चौदण्डीगढी नगरपालिका–८ घर...
भोजपुरे खुकुरीको माग उच्च, कालिगड अभावले समस्या

भोजपुरे खुकुरीको माग उच्च, कालिगड अभावले समस्या

भोजपुर । भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमासमेत प्रख्यात छ । चाडपर्वको सुरुआतसँगै भोजपुरमा अहिले खुकुरीको मागसमेत बढेको छ । खुकुरीको माग बढेअनुसार दक्ष कालिगडको भने अभाव देखिएको खुकुरी व्यवसायीहरूको भनाइ छ । उर्मिला आरन उद्योग भोजपुरका व्यवस्थापक हिरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगडको अभावका कारण समस्या देखिने गरेको बताउछन् । उनी भन्छन्, ‘भोजपुरमा बनेका खु...
खोटाङमा गुडिरहेको बसमा आगलागी

खोटाङमा गुडिरहेको बसमा आगलागी

खोटाङ । खोटाङमा आज साँझ गुडिरहेको बसमा आगो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवामा गुडिरहेको बा ३ ख ८९८१ नम्बरका यात्रुवाहक बसमा आगो लागेको हो । सो बस काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै थियो । घटनामा मानवीय क्षति भने भएको छैन । तर, बस र बसमा भएका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुहरुले बताएका छन् । गुडिरहेको बसमा आ...
किरात राई पत्रकार संघले मनायो स्थापना दिवस

किरात राई पत्रकार संघले मनायो स्थापना दिवस

धनकुटा । किरात राई पत्रकार संघ धनकुटाले शनिवार १५ औं स्थापना दिवस मनाएको छ । पत्रकार महासंघ धनकुटाको सभाहलका कार्यक्रम गरेर संघले आफ्नो स्थापना दिवस मनाएको हो । किरात राई यायोख्खाका अध्यक्ष उद्धवमणी राईले दीप प्रज्वलन गर्दै ब्यानर पढेर कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै राईले किरात राई पत्रकारहरूले अझ शसक्त ढंगले कलम चलाएर अघि बढ्नुपर्नेमा जोड दिए । किरात राई पत्रकार संघका जिल्ला...
पाख्रीवास नगरका कर्मचारीद्वारा ‘पेनडाउन’

पाख्रीवास नगरका कर्मचारीद्वारा ‘पेनडाउन’

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाका कर्मचारीहरूले शुक्रबार ‘पेनडाउन’ गरेर अत्यावश्यक बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेका छन् । प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई धम्की दिएको भन्दै कर्मचारीहरूले ‘पेनडाउन’ गरेका हुन् । पाख्रीवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले सूचना जारी गरेर पेनडाउन गरिएको जानकारी गराएका छन् । कर्मचारीहरूको शुक्रबा...
मोरङको उर्लाबारीमा करेन्ट लाग्दा एक जनाको मृत्यु

मोरङको उर्लाबारीमा करेन्ट लाग्दा एक जनाको मृत्यु

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ मा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका–२ का ३५ वर्षीय उद्धव परियार छन् । उनलाई निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
मोरङको पथरीशनिश्चरे, सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङको पथरीशनिश्चरे, सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहिबार मोरङको पथरीशनिश्चरे, सुन्दरहरैंचा र कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विपन्न विरामीलाई लक्षित गर्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले एकैदिन तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी विरामीहरुको निःशुल्क उपचार गराएका हुन् । सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ मा सञ्चालित शिविरमा २२५ जना विरामीको निःशुल्क उपचार गरिएको छ । ...
देवराजले जिते दौडको उपाधि

देवराजले जिते दौडको उपाधि

धनकुटा । नेपाली सेनाका देवराज बस्नेतले धनकुटामा आज भएको दौड प्रतियोगिताको उपाधि जितेका छन् । विश्व मुटु दिवसको अवसर पारेर पूर्व प्रहरी संस्थाले ‘धनकुटा रेड रेस’ आयोजना गरेको हो । धनकुटा नगरपालिका–९ स्थित रुद्रवारीबाट कोशी राजमार्ग हुँदै धनकुटा बजारसम्म दौड प्रतियोगिता गरिएको हो । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा कार्यरत बस्नेतले १ घण्टा १ मिनेट १९ सेकेण्डमा १५ किलोमि...
डा.शर्माले सुन्दरहरैंचा र कानेपोखरीमा गराएको शिविरबाट सात सय विरामीले पाए निःशुल्क उपचार

डा.शर्माले सुन्दरहरैंचा र कानेपोखरीमा गराएको शिविरबाट सात सय विरामीले पाए निःशुल्क उपचार

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बुधबार मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा स्वास्थ्य शिविर सञ्चालन गरेर विरामीहरुको निःशुल्क उपचार गराएका छन् । नोबेल अस्पतालका बिशेषज्ञ डाक्टरहरु लगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । कानेपोखरी गाउँपालिका–६ रमाइलोमा सञ्चालित शिविरमा ५३३ जना विरामीको निःशुल्क उपचार गरिएको छ । त्यहाँ १९८ जनाको इसीजी, २१३ जनाको रक्त पर...
रबिन्द्र मिश्र राप्रपा प्रवेश

रबिन्द्र मिश्र राप्रपा प्रवेश

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच मिश्र राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा ब्राह्मण बटुकहरुले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए । राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसह...
धनकुटाकी उषाले २१ हजारको मोबाइल किन्दा पाइन २ लाखको टिभी उपहार

धनकुटाकी उषाले २१ हजारको मोबाइल किन्दा पाइन २ लाखको टिभी उपहार

धनकुटा । धनकुटा नगरपालिका–६ बिच बजारकी उषा श्रेष्ठले मोबाइल किन्दा टिभी उपहार जितेकी छन् । धनकुटा नगरपालिका–७ चुवाको बोटस्थित सुनाखरी मोबाइल पसलबाट २१ हजारको मोबाइल सेट किन्दा ‘लक्की ड्र’ मार्फत श्रेष्ठले २ लाख मूल्य बराबरको टिभी उपहार जितेकी हुन् । उनले सामसुङ कम्पनीको एफ २२ मोडलको मोबाइल सेट खरिद गरेकी थिइन् । सामसुङको भाग्यशाली ग्राहक उपहार योजना अन्तर्गत श्रेष्ठले गोलाप्रथा मार्फत उपहार पाए...
धनकुटामा फोटो प्रदर्शनी (फोटो फिचर)

धनकुटामा फोटो प्रदर्शनी (फोटो फिचर)

धनकुटा । धनकुटामा तीन दिने फोटो प्रदर्शनी गरिएको छ । धनकुटा आर्ट एण्ड फोटो प्रदर्शनीले धनकुटा नगरपालिका–६, स्थित एभोकाडो पार्कमा असोज ९ देखि ११ गतेसम्म प्रदर्शनी गरेको हो । प्रदर्शनीमा स्थानीय १५ जना भन्दा बढी कलाकारहरूले बनाएका पुराना तथा विभिन्न कला संस्कृति झल्काउने फोटाहरू राखिएको छ । त्यस्तै जिल्लाका ऐतिहासिक पुराना फोटाहरू पनि प्रदर्शनीमा राखिएको छ । पेन्सिल रियालिज, वाटर कलर, एक्रेलिक कल...
प्रदेश १ मा बढ्यो डेँगुको संक्रमण, धनकुटाका २९ जना संक्रमित

प्रदेश १ मा बढ्यो डेँगुको संक्रमण, धनकुटाका २९ जना संक्रमित

धनकुटा । प्रदेश नं. १ मा डेँगुको संक्रमण बढ्दै गएको छ । तराईसँगै पहाडी र हिमाली जिल्लाहरूमा पनि डेँगुको संक्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालयका अनुसार सोमबारसम्म प्रदेश १ का ७४५ जनामा डेँगुको संक्रमण देखिएको छ । डेँगुको संक्रमण तराइका जिल्लामा भन्दा पहाडी र हिमाली जिल्लामा बढी फैलिएको छ । अघिल्ला वर्षहरूमा तराइ तथा उपत्यका जस्ता घना बस्तीमा बढी देखिने गरेको डे...
दुहबीमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

दुहबीमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ मा स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा करेन्ट लाग्दा एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रिड शाखामा कार्यरत बुढिगंगा गाउँपालिका–४ का ४१ बर्षीय महमत साबिर मिया छन् । सोमबार बेलुका कार्यालय पेरिमिटरभित्र पानी चलाउने मोटर जोड्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उनलाई उपचारका लागि बिराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको मृ...
डा.शर्माले एकैदिन तीन ठाउँमा सञ्चालन गराए निःशुल्क स्वास्थ्य शिविर

डा.शर्माले एकैदिन तीन ठाउँमा सञ्चालन गराए निःशुल्क स्वास्थ्य शिविर

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं.३ का तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरेमा शिविर सञ्चालन गराएका हुन् । तीन वटै शिविरबाट ५८० जना विरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । बेलबारी नगरपालिका वडा नं. २ मा सञ्चालित शिविरमा नोबे...
अब सरकारी अस्पतालको ओपीडी शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट

अब सरकारी अस्पतालको ओपीडी शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट

काठमाडौं । विद्यार्थीहरूले अब सरकारी अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) को टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरूलाई ओपीडी शुल्कमा छुट दिने निर्णय गरेको हो । मन्त्रालयले आइतबार सरकारी अस्पतालहरूलाई पत्राचार गर्दै छुट दिनका लागि निर्देशन दिएको छ । मन्त्रालयले देशभरका सरकारी अस्पतालहरू, प्रदेश अस्पताल तथा सबै स्थानीय तहहरुलाई परिपत्र गरेर विद्यार्थीहर...
धनकुटामा माओवादीका नेताहरूले दिए सामूहिक राजीनामा, भण्डारी स्वतन्त्र उम्मेद्वार बन्ने

धनकुटामा माओवादीका नेताहरूले दिए सामूहिक राजीनामा, भण्डारी स्वतन्त्र उम्मेद्वार बन्ने

धनकुटा । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित धनकुटामा क्रियाशील माओवादीका नेताहरूले पदबाट सामूहिक राजीनामा दिएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भण्डारी, प्रदेश कमिटी सहसचिव ऋषिराम ढुंगाना, जिल्ला संयोजक डिल्लीराम राईसहितका नेताहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् । नेताहरूले आज सामूहिक पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । जिल्लास्थित पोलिटब...
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–१७ स्थित संगम चोकमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी–६ का ६० वर्षीय रामप्रसाद रेग्मी छन् । विहान करिव १० बजे कान्छिचोकबाट चतरातर्फ जाँदै गरेको प्र १–०२–०४४ प १६०८ नम्बरको मोटरसाइकल सडकको खाल्डोमा परी दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक रामधुनी–६ का ३९ बर्षीय सुमन रेग्मी र पछाडि सवार रामप्रसाद घाइते भएका...
प्रदेश १ का १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र खोलिँदै

प्रदेश १ का १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र खोलिँदै

विराटनगर । प्रदेश १ सरकारले प्रदेश १ का १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने भएको छ । प्रदेश सरकारले शुक्रबार मोरङमा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना गरेको हो । कृषिमन्त्री झलकबहादुर मगरले केन्द्रको उद्घाटन गरे । तेह्रथुममा असोज ९ र ताप्लेजुङ असोज १० गते केन्द्र स्थापना गरिने कृषि मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को २०७८ माघ २३ गतेको निर्णय अनुसार चालु आर्थिक वर्षमा बजेट व्य...
केएमसीलाई प्रेस काउन्सिलको सम्मान, राष्ट्रपतिद्वारा प्रशंसापत्र प्रदान

केएमसीलाई प्रेस काउन्सिलको सम्मान, राष्ट्रपतिद्वारा प्रशंसापत्र प्रदान

काठमाडौं । स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालले काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । प्रेस काउन्सिलको ५३ औं बार्षिकोत्सवको अवसर पारेर केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो । राष्ट्रपति भवन सितल निवासमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले केएमसीका चार्टर एकाउन्टेन्ट क्षितिज निरौलालाई केएमसीको प्रशंसापत्र प्रदान गरिन् । समाजसेवीको र...
धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–६ पात्लेखोला नजिक आज दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घरमा ढोका बनाउँने क्रममा विद्युतको लाइन सर्ट भएर करेन्ट लाग्दा धनकुटा–६ पाङ्सिङ्ग बरबोटेका ५७ वर्षीय राजबहादुर राईको मृत्यु भएको हो । उनी घर निर्माण र काठको काम गर्ने मिस्त्री हुन् । स्थानीय उद्धव कटुवालको घरमा दिउँसो करिब १२ बजे बाथरुमको ढोका मर्मतको काम गर्ने क्रममा ड्रिल मेसिनबाट विद्युत सर्ट भएर उनला...
करेला टिप्न जाँदा घरको छतबाट खसेर वृद्धाको मृत्यु

करेला टिप्न जाँदा घरको छतबाट खसेर वृद्धाको मृत्यु

झापा । झापामा घरको चार तलामाथिबाट खसेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–५ की ६२ वर्षीया मधु शर्मा आचार्य छिन् । घरको चार तलामाथि बरन्डामा फलेका करेला टिप्न खोज्दा उनी चिप्लिएर लडेकी थिइन् । लडेर घाइते भएकी वृद्धालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा नौं जना पक्राउ

हत्या आरोपमा नौं जना पक्राउ

इलाम । झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय लालबहादुर गुरुङको हत्या आरोपमा प्रहरीले नौं जनालाई पक्राउ गरेको छ । इलामको चुलाचुली गाउँपालिका–५ पकुवामा बुधबार बेलुका करिब ५ बजे गुरुङमाथि आक्रमण भएको थियो । दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक युवाहरुले खुकुरी, ढुंगा प्रहार गर्दा शरिरका बिभिन्न भागमा चोट लागेर गम्भिर घाइते भएका गुरुङको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका...
नोबेलको शिविरबाट बेलबारी, सुन्दरहरैंचा र कानेपोखरीका ७ सय बिरामीले पाए निःशुल्क उपचार

नोबेलको शिविरबाट बेलबारी, सुन्दरहरैंचा र कानेपोखरीका ७ सय बिरामीले पाए निःशुल्क उपचार

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विहीबार मोरङको बेलबारी, सुन्दरहरैंचा नगरपालिका र कानेपोखरी गाउँपालिकाका तीन स्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७ सयभन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले विपन्न बिरामीलाई लक्षित गर्दै बेलवारी नगरपालिका वडा नम्बर ३, कानेपोखरी गाउँपालिका वडा नम्बर ५ र सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १...
भीमफेदीमा मिनिबस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

भीमफेदीमा मिनिबस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।
संखुवासभाका ९ सय ५८ उम्मेदवारलाई १८ करोड ९० लाख जरिवाना

संखुवासभाका ९ सय ५८ उम्मेदवारलाई १८ करोड ९० लाख जरिवाना

संखुवासभा । गत वैशाख ३० गते सम्पन्न संखुवासभाका १० स्थानीय तहका लागि उम्मेदवार बनेका ९५८ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।  स्थानीय तहमा उम्मेदवार बनेर खर्च विवरण पेस नगरेकाहरूलाई १८ करोड ९० लाख रुपैयाँ जरिवाना तोकेको हो । संखुवासभाका पाँच नगरपालिका र पाँच गाउँपालिकाका ३४ प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरूले निर्धारित समयमा खर्च विवरण पेस नगरेको आयोगद्वारा सार्वजनिक सूचनामा उल्लेख गरिएक...
मोरङको बेलबारी, कानेपोखरी र सुन्दरहरैंचामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङको बेलबारी, कानेपोखरी र सुन्दरहरैंचामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधवार मोरङको बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले विपन्न विरामीलाई लक्षित गर्दै बेलबारी वडा नंम्बर ८, कानेपोखरी वडा नम्बर ६ र सुन्दरहरैंचा वडा नम्बर ९ मा शिविर सञ्चालन गराएका हुन् । तीन वटा शिविरबाट एकैदिन ७...
इहटरीमा ओरियन्सको शाखा, नेटवर्किङ ठगीको आरोपमा ६ जना पक्राउ

इहटरीमा ओरियन्सको शाखा, नेटवर्किङ ठगीको आरोपमा ६ जना पक्राउ

सुनसरी । नेटवर्किङ ठगीको आरोपमा इटहरीबाट ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ की ससिता राई, सुन्दरहरैचा–७ का संजिव माझी, ग्रामथान–३ का विक्रम माझी, कटहरी–६ का पंकज कुमार साह, अरुण मुडयारी र बिर्तामोडका पदम राई छन् । उनीहरुले इटहरी–९ मा ग्लोबल ओरियन्स नेपाल प्रा.लि. नामक कार्यालय सञ्चालन गरी हप्तामा १०–१२ हजारसम्म कमाई हुने काम पाईन्छ भनेर सर्वसाधारणलाई ठगी गरेको...
सुनसरी र झापामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुनसरी र झापामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

विराटनगर । सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरीको ईटहरी–९ मा सिटी सफारीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी–५ का ८२ बर्षीय उमाकान्त भण्डारी छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ ह ३०४१ नम्बरको सिटी सफारीले विपरित दिशाबाट आउँदै गरेका भण्डारीलाई ठक्कर दिएको थियो । सफारीको ...
ताप्लेजुङ र झापामा माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु

ताप्लेजुङ र झापामा माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु

विराटनगर । ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लाग्दा ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का २५ वर्षीय बिक्रम ताम्लिङको मृत्यु भएको छ । उनी सोमवार दिउँसो माछा मार्न भनेर साम्सिङ खोलामा गएका थिए । माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको खबर पाएपछि मंगलबार ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोल...
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि सुरु भयो संवैधानिक र व्यवहारिक बहस

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि सुरु भयो संवैधानिक र व्यवहारिक बहस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्न अस्वीकार गरेपछि उनको कदमप्रति अहिले संवैधानिक र व्यवहारिक बहस सुरु भएको छ । मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण भइसक्नुपर्ने व्यवस्था थियो । तर, राष्ट्रपति भण्डारीले विवादित नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि समयसीमा त्यसै सकिएको हो । प्रमाणीकरण नभएपछि विधेयक स्वतः निष्क्रिय भएको छ । नागरिकता विधेयक प्...
error: Content is protected !!